कालिमाटी बजार तनावग्रस्त

२०७५ भाद्र ४ गते, सोमबार

काठमाडौं, ४ भदौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो । तरकारीको मूल्य अचाक्ली बढेको भन्दै विरोध हुन थालेपछि सरकारी अनुगमन टोलीले बजार अनुगमन गरेको हो । सो क्रममा टोलीले विभिन्न पसल र सवारीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा किसानले बिक्री गर्दाको भन्दा ५ गुणासम्म बढी तरकारीको बिक्री मूल्य पाइएको टोलीले जनाएको छ ।
यसैबीच विना जानकारी अनुगमन गरेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएपछि कालिमाटी बजार केहीबेर तनावग्रस्त बनेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु