कालिकोटमा महामारी !

२०७४ माघ ७ गते, आईतवार

काठमाडौं, ७ माघ । कालिकोटको सदरमुकामस्थित खाँडाचत्र नगरपालिकमा देखिएको भाइरल ज्वरोको उपचार नपाउँदा महामारीको रुप लिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटका अनुसार उक्त नगरपालिकाको २ र ४ नम्बर वडामा मात्रै ८ सय १४ भाइरल ज्वरोका बिरामी छन् । उनीहरुलाईज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने गरेको बताइएको छ । ज्वरोको कारण ५ जनाको ज्यान गएको छ । सदरमुकाम कै गाउँमा सिटामोल समेत नपाएर मानिसहरु मरिरहेका छन् ।
स्वाथ्य कार्यालयको रेकर्डअनुसार वडा नं ४ मा २ सय ७० र वडा नं ४ मा ५ सय ४४ जना भाइरल ज्वरोका बिरामी भेटिएका छन् । भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्ष बढीका २३ जना बृद्धबृद्धा बिरामी छन् । खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिका सहित ५ को मृत्यु भइसकेको छ ।भने अझै केही अवस्था गम्भीर छ ।
कालिकोटका निमित्त प्रजिअ राजकुमार दुलालले स्वास्थ्यकर्मी उपचारमा खटिसकेको बताउँछन् । तर, रोग नियन्त्रणमा आएको छैन । स्वास्थ्यकर्मी औषधि नभएको गुनासो गर्दैछन् ।

प्रतिक्रियाहरु