कार दुर्घटनामा ३ जनाको मृत्यु , दुई घाइते

२०७६ कार्तिक २० गते, बुधबार

काठमाडौं, २० कात्तिक । जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको र दुर्घटनामा २ पुरुष र महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुकोे पहिचान हुन सकेको छैन । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए । त्यस्तै दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु