कार चोरी गर्न गधाको प्रयोग !

२०७४ श्रावण १९ गते, बिहीबार

काठमाडौं, १९ साउन । दक्षिण अफ्रिकामा चोरहरुले चोरीका लागि अनौठो विधि प्रयोग गर्न थालेका छन् । गिरोहले कार चोरी गर्ने गधा प्रयोग गरेर कार लैजाने गरेको तथ्य प्रकाशमा आएको छ । प्रहरीका अनुसार चोरी भएको एउटा लक्जरी कार गधा प्रयोग गरेर लैजादै गरेको अवस्थामा बरामद भएको छ । गधाले तानेर जिम्बाबेतर्फ लैजान नदी पार गर्न लागेको अवस्थामा कार बरामद भएको हो । स्थानीय प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिश असफल भएपछि चोरहरु जिम्बाबेतर्फ भागेका थिए ।
गत वर्ष डिसेम्बरमा पनि डर्बनबाट चोरी भएको एक कारलाई नदी पार गराउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त कारलाई पनि गधाले तानेर लगिदैं गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । कार लैजान गधाको प्रयोग किन भइरहेको छ भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको अनुमानअनुसार आधुनिक सवारी साधनमा सामान्यतया ट्रयाकिङ्ग उपकरण जडान गरिएको हुन्छ, जसको मद्दतमा कार कहाँ छ भन्ने थापा पाउन सकिन्छ । उक्त उपकरण कार स्टार्ट गरिएको अवस्थामा मात्र चालु हुने भएकाले चोरहरुले कारलाई स्टार्ट नगरी गधा प्रयोग गरेर लैजाने गरेको हुन सक्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु