कार्यकर्ताहरु रिहा नगरे संघर्षमा जान्छौ : विप्लव

२०७२ असार ९ गते, बुधबार

काठमाडौं, ९ असार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण प्रदर्शनमाथि निर्ममतापूर्वक दमन गरिएको भन्दै सरकारप्रति कडा आक्रोश पोखेका छन् । विप्लवले सरकारले ‘शान्तिपूर्ण प्रदर्शनमाथि हिंस्रक र क्रुर दमन गरेको’ टिप्पणी गरेका छन् ।
भारत र चीनबीच नेपालको भूमीमा हस्तक्षेप गर्ने गरी गरिएको लिपुलेक सम्झौताका विरुद्ध निकालिएको जुलुसमाथि सरकारले दमन गरेको हो । बुधबार मध्यान्ह १२ बजे काठमाडौंको शान्तिबाटिका निकालिएको जुलुसमाथि प्रहरीले दमन गरी पोलिटब्यूरो सदस्य तिलक परियार सहित ३१ जना कार्यकर्तालाई गिरफ्तार गरिएपछि विप्लवले सो आक्रोश पोखेका हुन् ।
महासचिव विप्लवले गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न र प्रहरी दमनबाट घाइते भएका कार्यकर्ताहरुको उपचार गर्न माग गरेका छन् । बुधबार दिउसो विज्ञप्ती जारी गर्दै विप्लवले सरकारले गिरफ्तार गरिएका कार्यकर्ताहरु रिहा नगरेमा भोलिदेखि कडा संघर्षका कार्यक्रममा जाने चेतावनी पनि दिएका छन् । साथै आजै साँझ ७ बजे देशका सबै ठूला सहरमा मशाल जुलुस प्रदर्शन गर्ने पनि उनले जनाएका छन् ।
“भारत र चीनबीच लिपुलेकबारे भएको सम्झौताले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप भएको छ । सो हस्तक्षेपकारी सम्झौताको खारेजीको माग गर्दै आज १२ बजे काठमाडौंमा हाम्रो पार्टीद्वारा आयोजना गरेको शान्तिपूर्ण प्रर्दशनमाथि राज्यले क्रुर दमन गरेको छ” विप्लवले विज्ञप्तीमा भनेका छन्,
“देशको स्वाधीनताको पक्षमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि दलाल सरकारद्वारा भएको हिंस्रक दमनको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।”
यस्तो छ विज्ञप्तीको पूर्ण पाठः

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु