कारबम विस्फोट, ३८ जनाको मृत्यु

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । सोमालियाको राजधानी मोगादिशुमा दुईओटा कारबम विस्फोट हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा गराइएको थियो । आक्रमणमा परी दर्जनौं घाइते भएका छन् । विस्फोटलगत्तै सरकारी सेनाले गरेको जवाफी कारबाहीमा पाँचजना आक्रमणकारी पनि मारिएका छन् ।
सोमलियाको सरकारलाई हटाउन संघर्षरत् इस्लामिक अतिवादी समूह ‘अल शबाब’ले आक्रमणमो जिम्मेदारी लिएको छ । गत अक्टोबरमामात्र अल शबाबले मोगादिशुमा गराएको ट्रकबम आक्रमणमा ५०० भन्दा बढीको मृत्यु भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु