काबेली करिडोर आयोजनामा अवरोध

२०७३ कार्तिक ९ गते, मंगलवार

काठमाडौ, ९ कात्तिक । पाँचथरमाको काबेली करिडोर आयोजना प्रभावित बनेको छ । मुआब्जाको माग गर्दै स्थानीयहरुले हाइटेनसन लाइनको निर्माण अवरुद्ध गरेपछि आयोजना प्रभावित बनेको हो । स्थानीय नागरिकबाट मुआब्जाको माग गर्दा काबेली प्रसारण लाइनको निर्माण कार्य प्रभावित भएको हो । झापाको लखनपुर देखि पाँचथरको अम्मरपुरसम्मको ९० किलो मिटर दुरीकोे काबेली प्रसारण लाइन अवरोध गरेका हुन । १ सय ३२ के.भि.ए. बिद्युत प्रसारण क्षमता रहेको काबेली प्रसारण लाइनको फिदिम खण्डमा अवरोध भएको हो ।
टावर निमार्णको क्रममा असर पुग्ने भन्दै फिदिमको थापाटार र चोकमागु बिचका ३२ घर परीवारबाट मुआब्जाको माग गर्दै आएका हुन् । लखनपुर–इलाम पहिलो खण्डमा टावर र प्रसारण लाइन सम्पन्न भैसकेको छ । ३ अर्ब ५९ करोड लगानीमा सबस्टेशन, टावर र प्रसारण लाइन निमार्ण कार्य भैरहेको आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य सन २०१३ सुरु भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार