काबेली ‘ए’ चिनियाँ कम्पनीलाई

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौ, ३१ भदौ । काबेली ‘ए’ जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । ३७.६ भेगावाट क्षमताको झिझ्याङ टीडव्लु र सीडब्लु नामक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिएको खबर आजको कारोबारमा छापिएको छ।
यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रा.लि.ले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढ्न सकेको थिएन।
दसैं लगत्तै चिनियाँ कमपनीले निर्माणको काम सुरु गर्नेछन्। आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५१ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ। कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्फको काम सुरु हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु