काबेलीको परिक्षण प्रसारण सुरु

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडौं, भदौ १२ । १ सय ३२ के.भी.ए क्षमताको काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले करिडोर सम्पन्न भएपछि इलाममा सानीमा माई हाइड्रो पावरद्वारा उत्पादित २२ मेगावट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने काबेली करोडोरका प्रवन्ध निर्देशक वसन्त कुमार नेम्बाङले जानकारी दिए । उनका अनुसार इलामको गोदकदेखि झापाको दमकसम्म ३४ किलोमिटर प्रसारण लाइन प्राधिकरणले निर्माण गरेको हो । १ वर्ष अघि नै निर्माण सम्पन्न भएको सानीमा माईले प्रशारण लाइन नहुँदा ब्यवसायिक उत्पादन गर्न सकिरहेको थिएन ।
काबेली करिडोरको दमकसम्मको भाग निर्माण हुँदा पाँचथर र इलामका सानीमा माई बाहेक १० मेगावाटको अपरमाई ४ दशमलव २ मेगावाटको माई, ६ मेगावाटको पुवा, ३ मेगावाटको अपर पुवाँ र ८ मेगावाटको जोगमाई आयोजनालाई फाइदा भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु