काफल बेचेर पढाइ खर्च जुटाउदै

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । जाजरकोटका स्थानिय बालबािलकाहरुले काफल बेचेर कापी पढाइ खर्च जुटाउदै आएका छन् । सिजन अनुसार हिजो आज काफल बजारमा प्रसस्त पाइने भएकाले गाउँबाट सबेरै उठेर काफल बिक्रीका लागि बालबालिका बजारमा पुग्ने गरेका छन् । काफल ल्याउनेमा अधिकांश विद्यालय पढने बालबालिका रहेका छन् । सदरमुकाम आसपासका स्थानीय बालबालिकाहरु आफनो कापी कलम किन्ने पैसा आफैले जुटाई रहेका छन् । भेरीमालिका नगरपालीका वडा नं. २ पोखरा घर भएकी ९ वर्षिया प्रमिला पुनले परिवारको आर्थिक अवस्था कमजोर भएको भन्दै आफुले पनि सक्ने काम गरि आफना कापी कलमको जोहो गर्ने गरेको बताए ।

प्रतिक्रियाहरु