काठमाडौंमा स्मार्ट पार्किङ !

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौ, १४ जेठ । काठमाडौं महानगरपालिकाले बिहिवारदेखि स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्ने भएको छ । न्युरोडमा जेठ १६ गतेदेखि स्मार्ट पार्किङ सुरु हुने ह्विल्स ट्रलियोर्स कम्पनीले जनाएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएपछि महानगरपालिकाले तीन महिनाअघिट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेको थियो ।
कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी रहेको कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवालले बताए । उनका अनुसार न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ सिस्टम लागू हुनेछ ।
ती स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको अग्रवालले जानकारी दिए । न्युरोडमा स्मार्ट पार्किङ सुरु गरेको दुई सातामै दरबारमार्गमा पनि स्मार्ट पार्किङ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिनेछ । एप डाउनलोडपछि आफूलाई पायक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइम देखिनेछ । जसले पार्किङ स्पेस हेर्न सहज हुनेछ । पार्किङका लागि १५ मिनेटअघि बुकिङ गर्नुपर्नेछ ।
बुकिङ गर्दा बाइक वा गाडीको नम्बरसमेत इन्ट्री गर्नुपर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ । बुकिङ गरेको समयदेखि पार्किङ शुल्क लाग्नेछ । बाइकका लागि एक घन्टाको २५ रुपैयाँ र गाडीका लागि ६० रुपैँया लाग्नेछ । उक्त पार्किङस्थल ६० वटाभन्दा बढी सिसिक्यामेराको निगरानीमा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार