काठमाडौंमा यो बर्षकै चिसो

२०७६ मंसिर २० गते, शुक्रबार

काठमाडौँ , २० मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढेको छ । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । हिजो ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।
आजदेशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने बाँकी भुभागको मौसम सामान्यतया सफा छ । दिउँसो देशका पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भभागमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार