काठमाडौंमा फोहोरको डङ्गुर, शहर दुर्गन्धमय

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, २ साउन । काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खसाउन नसक्दा शहर दुर्गन्धमय बनेको छ । फोहोरको रासमा माटो छापेर बनाइएको सडक भासिएपछि सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाई बनेको छ । हिजो डोजरको सहायताले फोहोर फ्याँकिए पनि समस्या उस्तै रहेको काठमाडौं महानगरपालिकाका कर्मचारीहरु बताउँछन् । पानी पर्न थालेपछि सिसडोलमा फोहोर बोकेर गएका कन्टेनर पुग्न सकेका छैनन् । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारीको भनाई छ । सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइटको विकल्प १४ वर्षसम्म पनि खोज्न सकेको छैन । तीन दिन अघि काठमाडौं महानगरपालिकाले धरहरा वरीपरीको टहरा भत्काएका माटोे इँटा लगेर हिलो वाटोमा छापेको थियो तर पानीले हिलो बनाएपछि फोहोर बोकेर गएका गाडी जान सकेका छैनन् ।
पाँच दिन अघि फोहोर बोकेर ल्याण्ड फिल साइट पुगेका केही ट्रक भने काठमाडौ महानगरपालिकाको डोजरको साहायताले हिजो फोहोर फ्याँक्न सफल बनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु