काठमाडौंमा जाजरकोट महोत्सव

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले जाजरकोट नराम्रो प्रचारबाट पीडित भएको बताए । उनीहरुले जाजरकोटको सम्भावनाबारे कहिल्यै छलफल नभएको गुनासो गरेका थिए । उनीहरुले गलत प्रचार भइरहेको बेला मेला आयोजना हुनु राम्रो भएको धारणा राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व सभासद् कालिबहादुर मल्लले जाजरकोट सम्भावनाको खानी र लोक संस्कृतिको धनी भएपनि प्रचारमा आउन नसकेको बताउँदै त्यसको लागि मेलाले त्यसमा सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
माओवादी केन्द्रका नेता मल्लले राजधानीमा आयोजना हुन लागेको मेला शान्त तलाउमा ढुंगा हानेजस्तै हुने बताए । मल्लले मेलाले नयाँ सन्देश मात्रै छर्ने नभएर जाजरकोटीहरुलाई जागरुक बनाउन सहयोग गर्ने बताए ।
जाजरकोट प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य गणेश सिंहले जाजरकोटी जनताको इच्छा पुरा गर्न आफनो काँधमा नयाँ जिम्मेवारी आएको बताए । उनले काठमाडांैमा हुन लागेको जाजरकोटी लोक संस्कृती तथा परम्परागत मेला जिल्लाको लागि नयाँ सुरुवात हुने विश्वास व्यक्त गरे ।
पुर्वसांसद तथा नेकपा एमालेका नेता गोविन्द बिक्रम शाहले जाजरकोटको संस्कृति सिंगो नेपालको पहिचान मुलक संस्कृति रहेको बताए । शाहले जिल्ला सम्भावनाहरूको खोजीमा रहेको बताए । काठमाडौँमा हुने राष्ट्रिय प्रदशनीको लागि तयारी ब्यापक हुनुपर्ने धारण राखे ।
नेकपा एमालेका युवा नेता निरज आचार्यले जाजरकोटमा भएका अथाह सम्भावनाका कुरा बाहिर ल्याउन नसकेको कुरा बताए । उनले ढिमेको खाँडोलगायत जिल्लाका विभिन्न ठाउँमा रहेका महत्वपुर्ण चिनारीहरुलाई बाहिर ल्याउन सबैको दायीत्व भएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ती आचार्य कुनैबेला काठमाडौलाई चुनौती दिइरहेको जाजरकोट पर्दापछाडी रहनु दुःखद कुरा रहेकोे बताए । आचार्यले प्राकृतिक र संस्कृतीको धनी भएर पनि सम्भावनाहरुलाई पहिल्याउन नसक्नु सबैको कमोजारी रहेको धारणा राखे । उनले काठमाडौंमा हुने जाजरकोटको संस्कृतिक प्रदशनी हरेक हिसाबले महत्वपूर्ण रहेको बताउँदै सफल बनाउन बनाउन सबैका दायित्व रहेको बताए ।
कार्यक्रममा डा. दिर्घ आरसीले नराम्रो कुराको मात्रै प्रचार नभएर राम्रो कुराको प्रचार हुनुपर्ने बताए । सिभिल हस्पिटलका निर्देशक समेत रहेका डा. आरसीले गलत कुराको प्रचार बढी हुनुले जाजरकोटप्रति सबैको बुझाई गलत हुने बताउँदै मेलाले त्यसलाई चिर्ने विश्वास व्यक्त गरे ।
जाजरकोट सम्भावना बोकेको जिल्ला भएको बताउँदै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले गफ चुटेर बस्नुभन्दा काम गर्नतिर लाग्नुपर्ने धारणा राखे । घर्तीले जाजरकोटप्रतिको बुझाई बदल्नु पर्ने बताए । उनले फराकिलो मन बनाएर जाजरकोटको विकासका लागि लागिपर्नु पर्ने बताए । मेयर घर्तीले काठमाडौंमा हुन लागेको मेला तथा प्रदर्शनीले जाजारकोटको विकासको लागि महत्वपूर्ण हुने बताए ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जाजरकोट राज्यको उचित ब्यवस्थापन र नितिमा सहि दृष्टिकोण नभएका कारण पछि परेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका चलाउनेले राज्य ब्यवस्था नै सहि पोजीशनमा नभएकोले त्यसको उदाहरण जाजरकोट भएको बताए । चलाउनेले जिल्लाको बारेमा जिल्लाको सहि पहिचान निमार्णमा मेलाले सहयोग गर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एमाले जाजारकोटका अध्यक्ष डम्बर सिंहले जाजरकोटकोलाई नयाँ तरिकाले अगाडि बढाउन आवश्यक भएको बताए । अध्यक्ष सिंहले सम्भावना भएर पनि भोक, रोगबाट जाजरकोट पीडित हुने दुःखद् भएको धारणा राखे । उनले कामामाडौँमा हुन लागेको मेलाले जाजकोटलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
जाजरकोटकी वुद्धिजिवी हेरम्भ शाहले जाजरकोटलाई दाय होइन नभएर सम्भवना खोजी गर्ने नेतृत्व आवश्यक भएको बताए । त्यसैगरी सामाजसेवी यज्ञबिक्रम शाहीले जाजरकोटकोट परिबर्तन गर्न सबैको सहकार्यको आबश्यक्ता रहेको बताए । शाहीले जिल्लामा अब सम्भावनाहरूको खोजी गर्दै समृद्धितर्फ लम्कनुपर्ने धारणा राखे ।
जाजरकोटी सेवा सामाजका अध्यक्ष समेत रहेका शाहीले काठमाडौँमा हुन लागेको मेला ऐतिहासिक हुने समेत बताए ।
त्यसैगरी जाजरकोटका पुराना तथा अनुभवि पत्रकार हरिहरसिंह राठौरले दलहरूले जिल्लाको वास्तविकतालाई बुझ्न नसकेको बताए । उनले राजनीतिक दलहरूको खिचातानीले जिल्ला थिलो थिलो परेको भन्दै नेताहरू सुर्धिन जरूरी रहेको धारणा राखे । जिल्लाको मुहार बदल्न सबैको भुमिका महत्वपुर्ण रहेको भन्दै सबै लागि पर्नु पर्ने बताए । पत्रकार राठौरले काठमाडौँमा हुन लागेको मेलाले जाजरकोट जिल्लाको वास्तविकताको उजागार गर्ने विश्वास व्यक्त गरे । आउँदो फागुनमा काठमाडौँमा जाजारकोटको लोक संस्कृति तथा पर्यटन मेला लाग्ने भएको छ । अन्तरक्रिया कार्याक्रमको संचालन पत्रकार भौतिक मल्लले गरेका थिए भने अध्यक्ष पार्वती थापाले गरेकी थिइन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार