काठमाडौंमा काेरोना भाइरस संक्रमण !

२०७६ माघ १२ गते, आईतवार

काठमाडौं, १२ माघ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काेरोना भाइरस संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना भएका छन् । चीनबाट फर्किएका एक नेपालीमा नोबेल कोारेना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीजनजनामा आशंका गरिएको हो । कोरोना भाइरसको संक्तमणको आशंकामा दुई जनालाई शुक्रबार काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन् । रुघाखोकाी र श्वासप्रश्वासमा समस्या आएपछि पुस २८ गते शुक्रराज अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोारेना भाइरस रहेको पुष्टि भएको थियो ।
चीनको बुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज चभएपनि चिकित्सकको नियमित निगरानीमा राखिएको छ । संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय युव शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका छन् । हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ । त्यस्तै, ग्रान्डी अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएका छन् । अर्को एक निजी अस्पतालमा समेत संक्रमण भएको आशंकामा एक जना भर्ना भएका छन् ।

प्रतिक्रियाहरु