काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियसमा झर्यो

२०७४ मंसिर २९ गते, शुक्रबार

काठमाडौं, २९ मंसिर । काठमाडौंलगायत मुलुकका विभिन्न भागमा चिसो बढेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको हो । आज बिहान राजधानीको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईका केही स्थानमा कुहिरो लागेको छ । केही स्थानमा बेलुकीसम्म नै कुहिरो लाग्ने पनि विभागले जनाएको छ । आज पनि पश्चिम नेपालका केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार