काठमाडौँमा पनि गौरा पर्व

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौँ, ७ भदौ । काठमाडौँमा पनि ‘गौरा’ पर्व सुरु भएको छ । सुदूरपश्चिमको महवपूर्ण धार्मिक पर्व ‘गौरा’ राजधानीको महादेवस्थानमा बिहान विरुडा भिजाएर गरिएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा स्थायी घर भई हाल राजधानीमा बसोवास गर्दै आएकाले धूमधामका साथ गौरा पर्व मनाउने गरेका छन् । प्रशंसा संरक्षण समूहका अध्यक्ष अम्बादत्त भट्टले यसपटक गौरा पर्व कृष्ण पञ्चमीमा परेको बताए ।
सालैपिच्छे कृष्ण र शुक्ल पञ्चमीका दिन पर्ने गौरा पर्व लगातार पाँच दिनसम्म मनाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आराधना गरी मनाइने गौरामा देउडा नाचको विशेष महìव हुने भएकाले गौरा मुलुकभर नै लोकप्रिय पर्व बन्दै गएको छ ।
गौरा पर्व आयोजक प्रशंसाका अध्यक्ष भट्टका अनुसार सोमबार भिजाइएको विरुडा मङ्गलबार पँधेरो तथा नजिकैको ढुङ्गेधारामा धुने तथा पखाल्ने, बुधबार घर–घर तथा मन्दिरभित्र भिœयाउने कार्यक्रम रहेको छ । भगवानको ‘प्रसाद’का रूपमा रहेका पाँच अन्न गहत, गहँु, केराउ, मास र गुराँसको मिश्रणबाट विरुडा बनाइएको हुन्छ । शुद्ध र चोखो बनेका महिलाले विरुडासँगै धान खेतबाट ल्याइएको सामाबाट पार्वतीको मूर्ति स्थापना गर्ने चलन छ ।

प्रतिक्रियाहरु