काठमाडौँका जिशिअलाई २२ बुँदे ज्ञापनपत्र

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौँ ,८ भदाै । नेकपा (माओवादी) निकट अखिल नेपाल शिक्षक संगठन काठमाडौंले सहायक जिशिअ प्रकाश सापकोटालाई सामुदायिक विद्यालयतर्फका १० बुँदे, संस्थागत विद्यालयका ७ बुँदे र अन्य पाँच गरी २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले काठमाडौँका जिशिअ शंकर गौतमले आफूलाई असुरक्षा भएको भन्दै ज्ञापनपत्र बुझ्न नमाने पछि सहायक जिशिअ सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।
अखिल नेपाल शिक्षक संगठनले शैक्षिक, पेशागत हकहित, शैक्षिक संस्थालाई व्यवस्थित शान्ति र वैज्ञानिक शिक्षाका लागि सुधारात्मक काम गर्नुपर्ने माग राखेको संगठनका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज हरिबहादुर चन्दले बताए । “हामीले उठाएका विषयमा यो कार्यालय गम्भीर होस्, साथै जिल्ला शिक्षा कार्यालयबाट गरिने हरेक निर्णय र नीति निर्माणमा हाम्रो संगठनलाई सहभागि गराइयोस् अन्यथा हामी कडा रुपमा प्रस्तुत हुन नपरोस्,” चन्दले भने ।
सामुदायिक विद्यालयतर्फका १० बुँदे, संस्थागत विद्यालयका ७ बुँदे र अन्य पाँच गरी २२ बुँदे माग राखेको उनले जानकारी दिए । ज्ञापनपत्र बुझाउँदै संगठनका जिल्ला अध्यक्ष देवेन्द्र भट्टराईले शैक्षिक जस्तो पवित्र संस्थामा प्रहरी तैनाथ गरेकाे भन्दै अापत्ती जनाउँदै बन्दुक तेस्र्याएर घेराबन्दीभित्र ज्ञापनपत्र बुझेकाे बताए । संगठनका सचिव आनन्द खनाललगायतका नेताहरुले ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु