काङ्ग्रेस र एमालेले लोकतन्त्रको खिल्ली उडाए : प्रकाण्ड

२०७१ माघ १२ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले संसदवादीहरुको मुर्खताले देशमा अनिष्टता निम्त्याउन खोजेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले देश र जनताका बारेमा संसदवादीहरु अलिकति पनि जिम्मेवार नभएको बताए। प्रकाण्डले नेपाली जनताका अगाडि लडेर अधिकार लिनुको कुनै विकल्प नरहेको बताए । त्यसका लागि आम जनतालाई आआफ्नो ठाउँबाट संघर्षमा उत्रिन उनले अपील समेत गरे । सो क्रममा उनले एमाओवादीलाई जनताप्रति अलिकति पनि इमानदार भए संविधानसभालाई पूर्ण रुपमा छोडेर अब सडकमा आउन आग्रह गरे । प्रवक्ता प्रकाण्डले एमाओवादीले संविधानसभा त्यागे सहकार्य हुने पनि बताए ।
माओवादीले संविधानसभा मार्फत् संसदवादी अधिनायकत्व लादेको भन्दै एमाओवादी लगायतका वामपन्थी राजनीतिक शक्तिलाई राजीनामा गरी जनताको बीचमा आउन पनि आग्रह गरेको छ । पत्रकार सम्मेलनमा वाचन गरिएको पार्टी महासचिव विप्वलले हस्ताक्षर गरेको प्रेस विज्ञाप्तीमा ‘प्रतिकृयावादी संसदभित्र सम्भावनाको खोजी गर्ने बाहना गर्नु एमाओवादी लगायतका कतिपय संसदावादी -वामपन्थी शक्तिका लागि मृगमरिचीका बाहेक अरु केही हुन सक्दैन’ अगाडी भनिएको छ, ‘संसदवादको भ्रममा नपरी प्रतिकृवादी संसदबाट राजीनामा गरी जनताको पक्षमा सङ्र्घष्ामा उत्रन पुन आग्रह गर्दछौँ ।’
एमाओवादी लागयतका विपक्षीको विरोधकाबीच सत्तापक्षले संविधान निर्माणको प्रक्रिया शुरु गर्नु विगतको सम्झौता र सहमतिको उलंघन गर्नु हो भन्ने विप्लव माओवादीको ठहर छ । सत्तापक्षले सहमति र सहकार्यको सम्पूण सम्भावनालाई निषेद गरेको उसले बताएको छ । उसले माघ ११ गतेको घटनालाई एमाओवादीले गरेको गल्तीको परिणम भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमाओवादीले भन्दै गरेको सहमति र सहकार्यको अन्त्य भएको बताए । ‘एमाओवादी पार्टी संविधानसभाभित्र बस्नुको कुनै अर्थ छैन, संविधानसभामा उ औचित्यहिन भइसकेको छ । संविधानसभा जनताको संविधानको लागि सडकमा आउनुपर्छ’ भने । ‘तँ कुटे जस्तो गर, म रोए जस्तो गरेको कि साँच्चै एमाओवादी जनताको लागि सडकमा आउँछ अब थाहा हुन्छ’ प्रकाण्डले पत्रकारको प्रश्नको जवाफ दिदै भने ।
कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनताको संविधान र नयाँ राजनीतिक पहलकदमी लागि एमाओवादी सडकमा आए सहकार्य हुने बताए । तर, उसले संविधानसभा नछोड्दासम्म कुनै सहकार्य नहुँने बताए । उनले काङ्ग्रेस र एमालेले आफूले भन्दै गरेको लोकतन्त्रको खिल्ली उडाएको बताए ।

प्रतिक्रियाहरु