कागजविहीन आप्रवासी धपाइने

२०७३ फाल्गुन १२ गते, बिहीबार

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति मंगलबार जारी सार्बजनिक भएको छ । नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पछिल्ला केही दशक यताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा करिब एक करोड २० लाख बढी आप्रबासी अवैधानिक रुपमा बसोबास गर्दै आएको बताइन्छ ।
आप्रबास सम्बन्धी सर्बोच्च निकाय ‘डिपार्टमेन्ट होमल्याण्ड सेक्यूरिटी’ले मंगलबार जारी गरेको नीति अनुसार संघीय सरकारले कागजविहीन आप्रबासीहरुलाई पक्राउ गर्ने र देश निकाला गर्ने अभियान द्रुत रुपमा बढाइने छ । त्यसका लागि दश हजार ‘फोर्स’ थपिने छ । अपराधमा संलग्न भएकाहरुलाई प्राथमिकताको सूचीमा राखिए पनि ट्रम्प प्रशासनको आक्रमक नीतिले अवैधानिक रुपमा रहेका जो–कोहीलाई खतरा रहेको आप्रबासी कानुनका जानकारहरु बताउँछन् । -कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु