काउली स्तम्भ !

२०७५ जेष्ठ १६ गते, बुधबार

काठमाडौं, १६ जेठ । स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको संयोजनमा धनकुटाको छथरजोरपाटी गाउँपालिकामा करिब ७ लाख रुपैयाँ खर्चेर काउलीको स्तम्भ निर्माण गरिएको छ । छथरजोरपाटी गाउँपालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको हो । करिव ६ फिट गोलाई र ५ दशमलव ५ फिट उचाइको काउलीको स्तम्भ झापाको दमकका एक कलाकारले बनाएको क्लबका अध्यक्ष दिवेश खड्काले जानकारी दिए ।
स्तम्भ निर्माणका लागि साविक परेवादिन गाविसले २ लाख, हालको ६ नम्बर वडा कार्यालयले १ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएका छन् । बाँकी रकम कृषक समूह, कृषि सहकारी संस्था र सिँधुवा बजारवासीसँग सहयोग लिइएको छ ।

प्रतिक्रियाहरु