काइली जेन्नर युवा अर्बपति स्टार

२०७६ चैत्र २९ गते, शनिबार

काठमाडौं, २९ चैत । फोर्ब्स म्यागेजिनले युवा अर्बपति स्टारहरूको नाम सार्वजनिक गरेको छ । फोर्ब्स म्यागेजिनको युवा अर्बपति स्टारको पहिलो नम्बरमा २२ बर्षीया काइली जेन्नर परेकी छिन्। उनी अमेरिकन टेलिभिजन स्टारका साथै कस्मेटिक व्यावसायी हुन् । गत बर्ष पनि युवा अर्बपतिको पहिलो स्थानमा रहेकी उनले यसबर्ष पनि त्यो स्थान कायम राख्न सफल भइन् । काइली जेन्नर गत बर्ष मात्रै पहिलो पटक धनाढ्य युवा अर्बपति स्टारको सूचीमा प्रवेश गरिकी थिइन् । आफ्नो कडा परिश्रमले सानो उमेरमा नै लगातार दोस्रो पटक विश्वकै धनाढ्य युवा स्टारको सूचीमा परेको बताउछिन् । उनको हालको कुल सम्पति एक सय करोड डलर रहेको बताइएको छ । गत वर्ष उनको कुल सम्पत्ति ९० करोड डलर थियो।
गत वर्ष उनले ६० करोड डलरमा कस्मेटिक्सको ५१ प्रतिशत सेयर ब्युटी कम्पनी कोटीलाई बिक्री गरेकी थिइन्। सन् २०१४ बाट कस्मेटिक व्यापार सुरु गरेकी काइलीले वेवसाइटमार्फत कस्मेटिक सामान बिक्री गर्दै आएकी छन्।
विश्वभरका दुई हजार ९५ अर्बपतिमध्ये ३० वर्षभन्दा तलको उमेरका युवा १० जना मात्र छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु