कांग्रेस–एमालेलाई जनताको कठघरामा उभ्याउछौ : चन्द

२०७१ आश्विन ९ गते, बिहीबार


काठमाडौ। नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्नो अपराधलाई लुकाउन माओवादी आन्दोलनालाई अपराधिकारण गर्न लागेको भन्दै कांग्रस–एमालेलाई जनताको कठघरामा उभ्याइने बताएका छन् । ‘कांग्रेस–एमालेका साथीहरु जनताको लागि बलिदान गरेको पार्टीलाई अपराधिकरण गर्ने अभियानमा लाग्नु भएको छ, मैले उहाँहरुलाई यसो नगनुस् भनेको छु, यदि यहाँहरुले रोक्नुभएन भने उहाँहरुलाई जनताको कठघरमा उभ्याइनेछ’ चन्दे भने । सचिव चन्दले ‘मैले बालुवाटारका बैठकमा कांग्रेसका साथीहरुस्ँग भन्ने गरेको छु, माओवादी सहभागीता विनाको राज्य वैधानिक हुँदैन, माओवादी विनाको वैधानिक पनि हुँदैन र तपाईहरुले राज्य संचालन गर्नपनि सक्नुहुँदैन’ भने । संवाद डबलीमा प्रगतिशील गीतकार अग्र विष्टको ‘परिवर्तनका आवाजहरु’ नामक गीती एल्वम विमोचन कार्यक्रममा बोल्दै सचिव चन्दले मानवअधिकारवादीहरुले गर्ने बहास भन्दपनि तल्लोस्तरमा बनाउन खोजेकाले सर्वपक्षिय गोलमेच सम्मेलन बहिस्कार गरेका बताए । ‘हामीले भनेको त संविधानसभा विघठन गरौं र सर्वपक्षिय सम्मेलन गरौं पो भनेको हौं, संविधानसभालाई मानेर हुने कुनै गोलमेचमा सहभागी हुँदैनौं’ सचिव चन्दले भने । संसादवादीहरुले माओवादीलाई तह लगाउने सोचेको भन्दै अगाडी आए आफूहरु सेना बनाउन बाध्य हुने उनले बताए । कार्यक्रममा बोल्दै सचिव चन्दले एमाओवादीसँग आफ्नो पार्टीको तत्काल एकता हुन नसक्ने बताए । उनले प्रचण्ड–बाबुरामले जनतामाथि गद्धारी गरेकाले उनीहरुलाई विश्वास गर्न नसकिने बताए । चन्दले कवि कलाकारहरुले जनताका पक्षमा गीत गाउँनुपर्ने बताए ।
गीतकार तथा नेता मणि थापाले गीत र संगीतको बहु आयामिक पक्षको गहिराईमा गएर विश्लेषण गर्न आवश्यक रहेको बताउँदै भने, ‘लेखक कलाकारहरु राजनीति र देशभन्दा माथि हुने गर्दछन् ।’ तर लेखक कलाकारले आफ्नो शक्ति बुझ्न नसकेकोमा दुःख ब्यक्त गरे । ‘रचनाकार कर्नालीको भएकाले मेरो युद्धकालकै कालिकोटे काइलो भन्ने प्रतिक अझै जिउँदै छ’ उनले अगाडि भने, ‘उतिबेला मेरो कमाण्डर कुवेर कालिकोट कै
थिए, स्टाप पनि कालिकोट कै थिए, म पार्टीबाट अलग भएपछि कमाण्डर कुवेर कहाँ पुगे थाहा छैन, तर स्टाप झुण्डिएर आत्महत्या गरेछन् ।’
कवि थापाले राजनीति बिग्रेको प्रशंग उठाउँदै उत्तर कोरियाको मोडेल नेपालले लिन सक्ने आधार सोच्न जरुरी भएको बताए । उनको विचारमा बहुआयामिक रुपमा लेखक कलाकारहरुले सोच्ने, बोल्ने बेला आएको छ । उनको तर्क छ, कर्पोरेटहरुले रातारात कोही कसैलाई साहित्यकार बनाउँछ भने हामीले निरन्तर साहित्य लेखे जनताको बीचमा स्थापित हुन सकिन्छ ।
क्रान्तिकारी कलाकार माइला लामाले प्रतिक्रान्तिले क्रान्तिलाई धोका दिएको बेला गीतबाट क्रान्तिकारी आशावाद र परिवर्तनको आवाज गुन्जिएको बताए । उनले भने, ‘यो क्रान्तिकारीका लागि खुशकिो कुरा हो ।’
यसैगरी लेखक संघका अध्यक्ष हिरामणि दुःखी, माओवादीका नेता इश्वरी दाहाल, झपेन्द्र वैद्य, लेखकहरु खेम थपलिया, अशोक सुवेदी लगायतले परिवर्तनका लागि अग्र विष्टका रचना विचार भएर गीत मार्फत प्रस्तुत भएको दावा गरेका थिए ।

प्रतिक्रियाहरु