कांग्रेसमा किचलो

२०७१ चैत्र १४ गते, शनिबार

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा १३ औं महाधिवेशन गर्ने निर्णय गरेसंगै काँग्रेस नेताहरू महाधिवेशनमा केन्द्रित भएका छन् । नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि झण्डै आधा दर्जनले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनबाट नेपाली काँग्रेसमा कोइराला परिवार विस्थापित हुनुपर्ने आवाज बढ्दै गएको छ । गिरिजाप्रसाद कोईरालाको निधनसँगै नेपाली काँग्रेसमा कोइराला परिवारको विरासत खस्किदै गएको मानिन्छ । महाधिवेशनबाट सभापति सुशील कोइरालाले अर्काे कार्यकाल पनि पार्टीको नेतृत्वमा रहने इच्छा देखाएका छन् भने सभापतिमै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि दाबि गरेका छन् । सभापति निम्ति तिनै नेताहरूले अहिलेदेखि नै तयारी सुरु गरिसकेका छन् । महाधिवेशनबाट कांग्रेसमा पदाधिकारी संख्या बढाउने गृहकार्यसँगै नेताहरू उम्मेदवारी घोषणाको प्रतिष्पर्धामा छन् । अहिलेका पदाधिकारीसहित अन्य नेताले विभिन्न पदमा आकांक्षा देखाएका छन् । कतिपय नेताले भने उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् । पदाधिकारीमा देउवा पक्षको तुलनामा संस्थापनतर्फका नेता धेरै आकांक्षी देखिएका छन ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले फेरि उम्मेदवार हुने–नहुनेबारे स्वमले मुख खोलेका छैनन् । सरकार सञ्चालन र संविधाननिर्माणका लागि दलबीच सहजीकरण गर्नुपर्ने भूमिकामा रहेकाले उनले नखुलेको कांग्रेस नेताहरूको भनाइ छ । स्वास्थ्यले साथ दिए र संस्थापनमा सबैले मान्ने सभापतिमा कोइराला आफैं अघि सर्ने उनको भित्रि इच्छा रहेको छ ।
यसैक्रममा प्रधानमन्त्री तथा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच समानान्तर भेला बोलाउने क्रम चलेको छ । देउवाले आपूm निकटका जिल्ला सभापतिको भेला सम्पन्न गरिसकेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा छलफल गर्न भेला बोलाएको देउवानिकट नेताहरूले बताएका छन् । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधान विपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ । क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ ।
प्रधानमन्त्री सुशील कोइरालालार्ई कांग्रेसभित्रको आन्तरिक समीकरण व्यवस्थापन गर्न मुस्किल परेको छ । १३ औं महाधिवेशनको सरगर्मी चुलिएपछि पार्टी सभापतिसमेत रहेका कोइरालालार्ई तनाब बढेको छ । वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिका लागि मात्रै केन्द्रित भइरहेका बेला संस्थापन पक्षका नेताहरू भने पदाधिकारीमा एकपछि अर्काे आकांक्षी देखिन थालेकाले आफ्नै पक्षका नेतालार्ई व्यवस्थापन गर्नु कोइरालाका लागि चुनौती थपिएको देखिन्छ । त्यसैले कोइराला पुनः सभापति निर्वाीचत हुन महाधिवेशनअघि जसरी पनि संविधान जारी गर्नुपर्ने निचोडमा पुगेका छन् । सुशीलमा फेरि पनि सभापति बन्ने चाहना देखिन्छ । महाधिवेशनअघि संविधान जारी भएमा त्यसैको लोकप्रियताबाट वरिष्ठ नेता देउवालार्ई सहजै जित्न सकिने विश्लेषण उनको छ र संविधान जारी भएन भने सरकार र पार्टी दुवै मोर्चामा उनको लोकप्रियता घट्ने छ र त्यसको फाइदा देउवा पक्षलार्ई पुग्ने स्वाम कोइरालाको बिस्लेसन रहेको स्रोतको दाबि छ । संस्थापन पक्षभित्रै उपसभापति रामचन्द्र पौडेल पनि सभापतिका लागि आकांक्षी देखिएका छन् । उनले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत जति गतिविधि सञ्चालन गरेका छन्, त्यसको पृष्ठभूमि महाधिवेशनमा सभापति लड्ने हो । पार्टी गतिविधिमा पौडेल कोइरालाभन्दा सक्रिय देखिएर अघि बढ्नुको कारण सुशीललार्ई दबाब दिएर सभापति लड्ने उद्देश्य भएको स्रोत बताउछ ।
कांग्रेसमा सभापतिबाहेक निर्वाचित हुने पदाधिकारी एक महामन्त्री र कोषाध्यक्ष मात्रै हो । उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीमा मनोनीतको व्यवस्था छ । मनोनीततर्फभन्दा धेरैको जोड निर्वाचन लड्नेमा छ । संस्थापन पक्षभित्र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, अर्थमन्त्री रामशरण महत, अर्जुनरसिंह केसीको पनि छुट्टै समूह छ । यो समूहलार्ई चित्त बुझाउन पनि कोइरालालार्ई हम्मे हम्मे पर्ने देखिन्छ । प्रकाशमान सिंह सकभर उपसभापतिमा बढुवा हुने नभए महामन्त्रीमै चुनाव लड्ने मनस्थितिमा छन् । सिटौलाको पनि त्यस्तै योजना छ । पार्टी नेतृत्वमा स्थापित हुन पछिल्लो पटक उनको भूमिका बदलिएको छ । पार्टीभित्र बहुमत हार्डलाईनर कार्यकर्ताको मन जित्न उनले केही अघिदेखि नै एमाओवादीप्रति कडा रवैया अपनाएका छन् । महामन्त्रीमै संस्थापन पक्षबाट केसी, रामशरण महत, शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला पनि आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाटै युवा नेता गगन थापासमेत महामन्त्री लड्ने योजना बनाइरहेको स्रोतले बतायो ।
गतसाता पाँचथर पुगेर बीपी पुत्र शशांकले सभापतिमा नै उम्मेदवार बन्ने घोषणा गरे पनि उनि उपसभापति या महामन्त्रीका लागि तयारी गरेको स्वयम बताउँछन् । अहिले जति घोषणा भएका छन् ती सबै बार्गेनिङका लागि भएका हुन् उनले भने, यसले संस्थापन पक्षलार्ई एकढिक्का राख्न गाह्रो पारेको छ ।
सभापतिका लागि रणनीतिक तयारीमा होमिएका देउवा संस्थापन पक्षभित्र पदाधिकारीका लागि भइरहेको होडबाजीबाट फाइदा लिने दाउमा छन् । देउवाको जोड जसरी भए पनि नेतृत्वमा पुग्ने भन्नेछ । त्यसका लागि महामन्त्रीमा आफ्नै समूहका नभएर संस्थापन पक्षबाट असन्तुष्टलार्ई आफ्नो पक्षमा तानेर बलियो हुने योजना छ, देउवा पक्षका एक नेताले भने, त्यसैले पनि पदाधिकारीमा देउवा पक्षबाट को–को आकांक्षी हुने भन्नेबारे मौनता छ । यद्यपि देउवा पक्षका नेताहरूमा महामन्त्रीका लागि विमलेन्द्र निधि, सहमहामन्त्री पूर्णबहादुर खड्का, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडले इच्छा देखाएका छन् । तर, उनीहरू कसैले पनि आकांक्षा सार्वजनिक गरेका छैनन् ।
सभापति कोइराला निकट केही सदस्यले आकांक्षीलार्ई व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाउनुपर्ने तर्क अघि सारेका छन् । तर, देउवा पक्षले पदाधिकारीको संख्या बढाउन नदिने रणनीति लिएको छ ।
नेपाली काँग्रेसभित्र मात्र होईन संसारमै एउटा उदाहरणीय राजनीतिक परिवारभित्र नेपालको कोईराला परिवार पर्छ । कृष्णप्रसाद कोइरालाका छोरा मध्ये मातृका प्रसाद कोईराला, विश्वेश्वर प्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला नेपालको प्रधानमन्त्री बन्न सफल भए । स्थापनादेखि नै नेपाली काँग्रेसमा कोईराला परिवारको प्रभाव छ । २००८ सालमा मातृकाप्रसाद कोईराला र ०१६ सालमा पहिलो जननिर्वाचित सरकारको नेतृत्व गर्दै वीपी कोईराला प्रधानमन्त्री भए । ०४७ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि पटक–पटक गिरिजाप्रसाद कोईराला नेपालको प्रधानमन्त्री बने । नेपालका सबैजसो राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको काँग्रेसमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोईरालाको निधनपछि कोईराला परिवार कमजोर मात्र बनेको छैन गुटगत राजनीतिमा समेत होमिएको छ । यसको असर १३ औं महाधिवेशनमा स्पस्ट पर्ने देखिन्छ । बिगतमा २००८ सालमा नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार समेत गठन भयो । सरकार गठनसंगै मातृकाप्रसाद कोईराला र वीपी कोईरालाबीचको विवादले उग्ररूप लिएपछि फागुनमा हुने भनिएको महाधिवेशन स्थगित भयो । पछि २००९ मा वीपी कोईराला नेपाली काँग्रेसको सभापति भए । विवाद बढेपछि मातृकाले २०१० मा राष्ट्रिय प्रजा पार्टी गठन गरे । २०१२ सालमा सुवर्णसमशेर पार्टी सभापतिमा छानिए । त्यस्तै १७ सालमा फेरी वीपी सभापति बने भने ०३४ सालमा कृष्णप्रसाद भट्टराई सभापति बने । ०३९ सालमा वीपीको निधन भयो । ०४८ सालमा कृष्णप्रसाद भट्टराई फेरि सभापति बने भने त्यस लगत्तै वीपीका भाई गिरिजाप्रसादले पार्टीको लगातार नेतृत्व गरे । गिरिजाप्रसादको २०६६ साल चैत ७ मा निधन भएपछि फेरि सुशील कोईरालाले काँग्रेसको नेतृत्व गरे । १२ औं महाधिवेशनले सुशीललाई नै काँग्रेसको सभापति चयन ग¥यो । अहिले पनि कोइराला परिवारबाटै सभापतिको दावी गरिए पनि अब भने काँग्रेसमा कोईराला परिवारको बिरासत जोगाउन फलामको च्युरा साबित हुने राजनीतिक विश्लेशकहरूको विश्लेशन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु