कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु हुदै

२०७६ भाद्र २४ गते, मंगलवार

काठमाडौं , २४ भदौ । आजवाट नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान हुदैछ । कांग्रेसले तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने जनाएको छ । अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको बताइएको छ । अभियानको अन्तिम दिन असोज ७ गते केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ ।
त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुँदै छ । ३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु