कांग्रेसकै कारण अर्थतन्त्र धरासयी

२०७४ भाद्र ३० गते, शुक्रबार

काठमाण्डौ , ३० भदौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको लोकतन्त्र भनेकै भ्रष्टाचार र कमिशनतन्त्र भएको आरोप लगाएका छन् । २५ बर्षमा देशको अर्थतन्त्र धराशायी बनेको र यसको सम्पूर्ण दोष कांग्रेसको भएको यादवको आरोप थियो । पर्साको बगहीमा गरिएको चुनावी सभामा नेता यादवले अधिकारको लडाइसँगै मधेशको विकास अगाडि बढाउने क्षमता आफ्नो पार्टीसँग मात्र रहेको जिकिर पनि गरे । वीरगन्जमा पार्टीका मेयर उम्मेदवार विजय सरावगीले आफू जनताको हाकिम र नेताभन्दा सेवक बनेर काम गर्ने बताए ।

प्रतिक्रियाहरु