काँग्रेस केन्द्रीय समितिको बैठक जारी

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० बैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । निर्वाचनको समिक्षा गर्न बोलाइएको बैठक आरोप–प्रत्यारोपमा केन्द्रित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आइतबार छ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी नेतृत्वका कारण निर्वाचनमा हार व्यहोर्नु परेको भन्दै महाधिवेशनको माग समेत गरे । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले लिखित विचार र राजनीतिक प्रस्ताव राखेका थिए । उनले स्थानीय निकायको निर्वाचनमा भएको काँग्रेसको पराजयलाई केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिइ तीनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेको उल्लेख गरेका छन । उनले सभापतिलाई दिइएको समर्थन फिर्ता लिएको समेत बताएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु