काँग्रेस उम्मेदवारको गाडीमा प्रेसर कुकर बम

२०७४ मंसिर ४ गते, सोमबार

काठमाण्डौ , ४ मंसिर । नेपाली काँग्रेसका उम्मेदवारको गाडीमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाराको सिमरामा पार्किङ गरेर राखिएको बा १४ च ६३३० नम्बरको स्कारपीयोमा बिष्फोट भएको बताइएको छ। बारा क्षेत्र नम्बर ४ प्रदेशसभा १ का कांग्रेस उम्मेदवारको गाडीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।
गाडी पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु