काँग्रेसमा किचलो

२०७१ आश्विन ११ गते, शनिबार

काठमाडौं । संविधानसभा निर्वाचनमा पार्टीम्मेद्धवारविरुद्ध अन्तसर्घस गरेको भन्दै नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिले केन्द्रिय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ । केन्द्रिय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वको ५ सदस्यीय समितिले पार्टीको झन्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रिय सदस्य, सभासद, पूवमन्त्री, पूवजिल्ला सभापति, क्षेत्रीय सभापतिका साथै महासमिति सदस्यलाई कारबाही गरेको हो । पार्टीले कारबाही गरे पछि नेपाली काँग्रेसको केन्द्रिय सदस्य एवं विदेश विभाग प्रमुख सुजाता कोइरालाले पार्टीीेतृत्वको ग्रान्ड डिजाइनअनुसार आफूलाई कारबाहीको सिफारिस गरिएको बताइन । पार्टीीत्र मात्र हैन नेपालको आम जनतामा र विदेशमा समेत आफ्नो लोकप्रियता बढ्दै गएका कारण शीष्नेताहरु अत्तालिएको भन्दै उनले आफूलाई सिध्याउनका लागि नै योजनाबद्ध ढंगले कारबाहीको सिफारिस गरिएको पनि बताइन । काँग्रेसको उच्च नेतृत्वतहमा रहेका वर्तमान नेताहरु प्रतिस्पर्धाबाट अघि बढ्न डराउने गरेका छन् भन्दै नेतृ कोइरालाले आफू एक जना सिध्याउनका लागि अन्य १ सय ८२ जनालाई पनि कारबाहीको सिफारिस गरिएको बताएकि छिन् । ‘मुख्य उद्देश्य मलाई सिध्याउने हो, यसका लागि योजनाबद्ध ढंगले शीष्ानेताहरुसमेत लागिपरेका छन्’, नेतृ कोइरालाले भनिन- ‘अन्य साथीहरु मलाई सिध्याउने खेलमा परेका हुन् ।’
कारबाहीको सिफारिस गर्न अनुशासन समितिको संयोजकको कानुनी हैसियतसमेत नभएको उल्लेख गर्दै उनले भनिन- ‘आफैं उजुरी गर्ने अनि आफैं छानविन गरी कारबाहीको सिफारिस गर्ने पनि हुन्छ – उपाध्यायलाई गिरिजाप्रसाद कोइरालाले संरक्षण दिएर पार्टी केन्द्रिय सदस्य बनाएको भन्दै नेतृ कोइरालाले काँग्रेसमा कुनै योगदान नपुर्याएको मानिसले कारबाहीको सिफारिस गर्नु र व्यापक प्रचार गरी चरित्रहत्या गर्नु आफूलाई सहृय नहुने बताएकि छिन् । केन्द्रिय अनुशासन समितिले कारबाहीका लागि सिफारिस गरेका केन्द्रिय सदस्य एवं विदेश विभाग प्रमुख सुजाता कोइरालासहित नेता तथा कार्यकर्ताहरुको नाम बुधबार र्सार्वजनिक गरेको थियो ।
समितिले केन्द्रिय सदस्य कोइरालासहित केशव दुलाल, यामप्रसाद कोइराला, विशालकुमार गौतम, श्यामनारायण मण्डल, मोहन इङनाम, रमानाथ भट्टर्राई, टीकाधारी साहु, अब्दुल रहिम र रामप्रसाद ढुंगानालाई वहाल रहेको पदीय दायित्व र जिम्मेवारीअनुसारको पार्टी काम कारबाही गर्नबाट तीन महिनाका लागि प्रतिबन्ध लगाउने निर्ण्र्ाागर्दै कारबाहीको सिफारिस गरिएको हो ।
कार्यवाहक सभापति रामचन्द्र पौडेल संयोजक रहेको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका मधुप्रसाद आचार्य तथा काभ्रे क्षेत्र नम्बर २ का सभासद् तीथबहादुर पसखल, कमला थापा, उद्धवप्रसाद कोइराला, शंकर मिजारलाई सचेत गराएको छ भने काभ्रे जिल्ला सभापति शिवप्रसाद हुमागाई विरुद्धको उजुरीलाई समितिले खारेज गरेको छ ।
तेह्रथुमका गणेशप्रसाद विमलीलाई पार्टी क्षेत्रीय तहको पदमा एक वर्षम्म उम्मेदवार बन्न नपाउने गरी कारबाहीको सिफारिस गरेको छ भने उदयपुरका विदुरकुमार बस्नेत र केशव बस्नेतलाई १ वर्षा लागि पार्टीदस्यताबाट निष्काशित गर्नुपर्ने निर्ण्र् गरेको छ ।
अनुशासन समितिले काठमाडौंका परशुराम पोखरेललाई पनि १ वर्षम्मका लागि पार्टी सदस्यताबाट निष्कासित गर्नुपर्ने सिफारिस गरेको छ । धेरैजसो उजुरी अनुशासन समितिले खारेज गरेको जनाइएको छ भने केहीलाई सचेत गराइएको छ ।

प्रतिक्रियाहरु