काँग्रेसद्वारा सडक संघर्षको घोषणा

२०७५ श्रावण १ गते, मंगलवार

काठमाडौं, १ साउन । नेपाली काँग्रेसले सरकारको मनोमानी ढंग र अधिनायकवादविरुद्ध देशव्यापी सडक संघर्षको घोषणा गरेको छ । काँग्रेसले केन्द्र सरकार प्रदेश सरकार मनोमानी ढंगले अघि बढेको र अधिनायकवाद उन्मुख देखिएको आरोप लगाउँदै देशभर आन्दोलन गर्ने घोषणा गरेको हो ।
काँग्रेस महामन्त्री शशांक कोइरालाद्वारा जारी गरिएको विज्ञप्तिमा सरकार संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट संचालन गर्न उद्दत रहेको आरोप लगाइएको छ ।
चिकित्सा शिक्षा विधेयक, पूववर्ती सरकारको निर्णय उल्टाएको र संविधानको भावना विपरित सभामुख र उपसभामुख एउटै दलको बनाएका विषयलाई केन्द्रविन्दुमा राखेर आन्दोलन घोष्णा गरिएको छ । निर्णय अनुसार ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्दै प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन गर्ने जनाएको छ ।
त्यसैगरी, ५ गते तरुण दलको नेतृत्वमा राजधानीमा, ८ गते उपत्यका र १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु