कहाँका मानिस अग्ला, कहाँका होचा ?

२०७४ चैत्र २२ गते, बिहीबार

काठमाण्डौ , २२ चैत । एउटा ताजा अध्ययनका अनुसार लात्भियाका महिला र डच पुरुष (नेदरल्याण्डस) का पुरुष संसारमा सबैभन्दा अग्ला हुने गरेको पाइएको छ। त्यस्तै ग्वाटेमालाका महिला र पूर्वी टिमोरका पुरुष संसारकै सबैभन्दा होचा कदमा हुने गरेका छन् । शोध पत्रिका इलाइफमा प्रकाशित अध्ययन रिपोर्टमा डच पुरुषको औषत कद १८३ सेमी (६फुट) हुने गरेको छ भने लात्भियाका महिलाको कद १७० सेमी (५ फुट ७ इन्च) पाइएको छ। इलाइफले सन् १९१४ पछि अहिलेसम्म संसारभरका १८७ देशको विकास रुझानमाथि अध्ययन गरेको हो । शोधका अनुसार इरानी व्यक्ति र दक्षिण कोरियाली महिलाको शारीरिक विकास सबैभन्दा तिब्र गतिमा भएको पाइएको छ। उनीहरुको कद औषतः विगत १ सय वर्षमा १६ सेन्टिमिटर र २० सेन्टिमिटर बढेको छ।
तालिकामा अमेरिकीहरुको उचाई भने घटेको देखिएको छ। सन् १९१४ मा अमेरिकामा संसारको तेस्रो अग्लो पुरुष र संसारकै चौथो सबैभन्दा अग्ली महिला पाइन्थे । अहिले यो रैंक घटेर क्रमशः ३७औं र ४२औंमा भएको छ।
इम्पिरियल कलेज लण्डनका सहलेखकका अनुसार भारत, पाकिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली देश र सबसहारा अफ्रिकाका मानिसको कद खासै बढेको छैन । पूर्वी एसियामा भने निकै ठुलो परिवर्तन आएको छ । जापान, चीन र दक्षिण कोरियाबासीको उचाई एक सय वर्षमा पहिलाको तुलनामा बढेको छ ।इम्पिरियलकै बरिष्ठ वैज्ञानिक माजिद एज्जातीका अनुसार स्वास्थ्यसम्बन्धी सुविधा, सरसफाई र पोषण उचाईसँग जोडिएको महत्वपूर्ण कडी हो । यसका साथै गर्भावस्थामा आमाको स्वास्थ्य र पोषण पनि महत्वपूर्ण हुने गर्दछ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु