‘कसमै तोडी जानेलाई के भन्नु र खै ‘ सार्बजनिक

२०७३ चैत्र १४ गते, सोमबार

काठमाडौं, १४ चैत । नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकारहरु छन् तर सबै स्थापीत पक्कै छैनन् । आवरणलाई मात्र हेरेर आउनेहरु खहरे खोला जस्तै आउछन् जान्छन्,छोटो समय मात्र टिक्छन तर साधना गर्नेहरु टिकिरहन्छन् । यस्तै संगीत जिवनका लागि साधना मेरुदण्ड हो,साधना विना संगीत जिवनको कल्पना समेत गर्न नसकिने बताउदै यहि क्षेत्रकि एक गायिकाले आफ्नो जिवनको अनुभव पनि त्यस्तै सुनाएकि छिन् । वि.सं. २०६० सालमा “कसरी बोलाउँ मायालु तिमिलाई” भन्दै संगीत यात्रा आरम्भ गरेकी उनले अर्को गीतलाई झण्डै सात वर्षसम्म बोलाउन सकिनन्,कारण थियो साधना । आफ्नो व्यक्तिगत केहि समस्याका बिच रहँदा उनले साधना गर्न पाईनन् अनि गीतहरु पनि रेकर्ड हुन सकेनन् । रत्नबहादुर खड्गीको संगीत र राम भट्टराईका शब्दहरुमा २०६० सालमा पहिलो पटक आवाज भरेकी त्यीनै गायिका सीमा शाहले फेरी संगीत साधनालाई निरन्तरता दिदैं २०६८ सालमा “सीमा” नामको एल्बम बजारमा ल्याईन । त्यसपछि उनलाई पछि फर्केर हेर्नुपरेको छैन । बिभिन्न सांगीतिक कार्यक्रम,मेला महोत्सवमा उनको माग बढ्दो छ । अहिले उनि निरन्तर साधना गर्छिन् र संगीतको औपचारिक शिक्षा पनि लिईरहेकि छिन् । तारा देवि र आशा भोश्लेको आवाजबाट प्रभावित भएर यो क्षत्रमा लागेको उनलाई सफल गायिका बनेर स्थापित हुने ठुलो ईच्छा छ । पहिलो एल्बमपछि दुई दर्जन फुटकर गीतहरुमा आवाज भरेकी शीमाले यो वर्ष ” सीमा २” लीएर बजारमा आएकि छिन्।
एल्बममा सातवटा गीत समावेस गरिएको छ । जसमा फुल हुँ म डाली डाली,मेरो हर श्वासमा,कसमै तोडी जानेलाई,भुलुँ कसरी,किन जुधे आँखा भन्थें,अल्झिदा एकैछिन् बोलका गीतहरु समावेस गरिएको छ । सन्तोष पोख्रेल,सारिका घिमिरे,समीर राई,शंकर श्रेष्ठ,लय संग्रौला,अशोक महर्जन,ललित कुवँर लगायतका सर्जकहरुको शब्द रहेको एल्बममा बिक्रम थापा, करनराज कार्की,शंकर श्रष्ठ,अशोक महर्जन,राम थापा र रत्नबहादुर खड्गीले संगीत भरेका छन् । पछिल्लो समय एल्बमको भिडियोले राम्रो चर्चा बटुलीरहेको छ ।

प्रतिक्रियाहरु