‘कश्मिरलाई विश्वले वेवास्ता गर्न सक्दैन्’

२०७६ भाद्र १८ गते, बुधबार

काठमाडौं, १८ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरलाई विश्वले वेवास्ता गर्न नसक्ने बताएका छन् ।
अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स्मा एक लेक प्रकाशित गर्दै उनले भारतले जम्मु कश्मिरको विशेषाधिकार हटाएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावनाको उल्लंघन गरेको भन्दै विश्वले यसलाई वेवास्ता गर्न नमिल्ने बताएका हुन् । कश्मिर र कश्मिरी जनताप्रति भारतले गरेको व्यवहारबारे विश्वले केही नगर्ने हो परमाणु हतियारयुक्त दुई मुलुक प्रत्यक्ष सैन्य भिडन्तमा उत्रने सम्भावना अझ नजिकिने र यसको परिणाम सारा विश्वले भोग्नु पर्ने उनको लेखमा उल्लेख छ ।
पाकिस्तानी प्रधानमन्त्री खानले आफु प्रधानमन्त्रीमा निर्वाचित भएयता भारतसंग गरेका सम्बन्ध सुधारका प्रयासहरु विस्तृत रुपमा लेखमा उल्लेख गरेका छन् । भारतसंग व्यापार र कश्मिर विवादलाई वार्ताका माध्यमबाट समाधान गरी सम्बन्ध सामान्य बनाउने आफ्नो प्रयासमाथि भारतले शर्त थुपारेर महत्व नदिएको उनले उल्लेख गगरेका छन् । भारतले कश्मिरका विषयमा गरेको एकपक्षिय निर्णय र सडकमा उतारिएका सेनालाई व्यारेक फिर्ता नलगेसम्म भारतसंग वार्ता हुन नसक्ने समेत पाकिस्तानी प्रधानमन्त्रीको लेखमा जनाइएको छ । भारतले जश्मु कश्मिरको विशेषाधिकार हटाएपछि पाकिस्तानले यसको चर्को विरोध गर्दै विश्व जनमत जुटाउने प्रयास गरेको छ । तर भारतले भने यो आफ्नो आन्तरिक मामिला भएको भन्दै कश्मिरको विषयमा कुनै पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु