कलामा भोजराज

२०७१ मंसिर १ गते, सोमबार

नेपाल कला र संस्कृतिमा निकै धनी रहेको छ । हाम्रा कला र संस्कृतिले विश्वव्यापी रुपमा थुप्रै चर्चा परिचर्चा पाएका छन् । यही धर्ती नेपालमा साहित्य क्षेत्रको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाले महाकविको सम्मान पाए । बालकृष्ण समले नाट्य सम्राटको उपाधि पाए ,कवि लेखनाथ पौडेलले शिरोमणिको उपाधि पाए भने सिद्विचरण श्रेष्ठले युगकवि र शम्भुप्रसाद ढुंगेलले आँशु कविको सम्मान पाए । त्यस्तै गायकनारायण गोपालले स्वर सम्राटको उपाधि पाए भने तारा देवी ,गोपाल योञ्जन ,नातिकाजीलगायत गीत संगीत क्षेत्रका दर्जनौँ हस्तीहरुले नेपाली गीत संगीतको क्षेत्रमा कहिले नमेटिने योगदान गरेका छन् । यस्तै नेपालीचलचित्र क्षेत्रमा पनि धेरै व्यक्तित्वहरुले योगदान दिएका छन् । कतिले अभिनय त कतिले चलचित्र लेखन त कतिले चलचित्र निर्देशनमा विशिष्ट योगदान दिएका छन् । यसै लहरमा नेपाली चलचित्र क्षेत्रमा उदाएका छन् सिन्धुली स्थायी घर भएकाभोजराज देवकोटा ।
एमबिएस सम्म अध्ययन गरेका भोजराज सिन्धुली डाडी गुराँसे —६ खारखोलामा पिता ढुण्डीराज देवकोटा र माता घण्टादेवी देवकोटाको कान्छो छोराको रुपमा जन्मिएका हुन् । मरिणखोलाको चिसो पानी र शीत्तल हावासँग खेल्दै आफ्नो बाल्यकालविताएकाभोजराजलाई बच्चै देखि नेपालीकला र संस्कृतिको अगाध स्नेह र मायाले गाँजिसकेको थियो । स्कुले जीवन देखिनै नेपालीभाषा, साहित्यमा कलम चलाउनथालेका उनले विभिन्न कविता ,गजल ,मूक्तक ,कथा र गीतहरु लेखिसकेका छन् । नेपाली भाषा साहित्यमा उनले राम्रो दख्खल पु¥याएका छन् । त्यस्तै क्यापस जीवनमा पनि यीनले नेपाली भाषा ,साहित्य र कला क्षेत्रलाई उत्तिकै स्थान दिएका छन् । नेपालीकला र साहित्य भने पछि खान र सुत्नै विर्सने यीनले कला क्षेत्रमा आफूलाई निकै समर्पित गरेका छन् । त्यतिमात्र हैन कलाको राज भोजराजले आफ्नो गाँउमा पनि विभिन्न नाटक लेखन तथा निर्देशन समेत गरेका छन् साथै ती नाटकहरुमा अभिनय समेत गरेका छन् । आफूभित्र रहेको कलालाई गुम्साएर राख्न हुँदैन भन्ने भावना बोक्ने भोजराज जसरी पनि अगाडि बढ्न खोजि रहे । यसै शिलसिलामा भोजराज नेपाली चलचित्र लेखन क्षेत्रमा समेत हात हाल्नपुगे । दिनप्रतिदिन खस्कँदै गएको नेपाली सिने क्षेत्रमा केही आसा जगाउने कार्य गर्न सकिन्छ कि भन्ने कुरामा उनले निरन्तर सोचि रहे । यही क्रममा उनले विभिन्न चलचित्रहरु लेख्दै गरे ।
चलचित्र लेखेर मात्र भएन ,त्यसलाई आमदर्शकको विचमा पु¥याउन पर्ने थियो ,त्यसको लागि पहिला त चलचित्र बन्न पर्दथ्यो । आफूले मेहेनत गरेर लेखेका चलचित्रका पाण्डूलिपी बोकेर उनीविभिन्न चलचित्र निर्माता तथा निर्देशकहरुको दैलोमा पुगे र चलचित्र बनाई दिन आग्रह गरे । यो वीचमा धेरैसँग उनले सहयोगको लागि याचना गरेका छन् । कतिले उनको कुरालाई महत्व दिएका होलान त कतिले उनको कला ,क्षमतालाई हावामा उडाई दिने त कहिले घाममा सुकाईदिने काम गरेका छन् तर पनि कहिल्ये हिम्मत पनि नहार्ने र नथाक्ने स्वभावका भोजराज विभिन्न चलचित्रहरु लेख्दै गए । एक दिन न एक दिन सफल हुन्छु भन्ने सोचका साथ अगाडि बढेका भोजराजले लेखेको पहिलो चलचित्र विन्दास ले नेपाली सिने जगतमा एउटा तहल्का नै ल्यायो । यस चलचित्रका गीतहरुले पनि राम्रै वाहवाही पाएका थिए । परम्परागत शैलीभन्दा माथि उठेर नवीनतम ढंगले चलचित्र लेख्न पर्छ भन्ने चेतना भएका र नेपाली सिने क्षेत्रलाई अत्यन्तै नजिकवाट नियाली रहेका भोजराजले लेखेको विन्दास चलचित्रले नेपाली युवाहरुमा अर्कै संचार पैदा गराउन सफल भयो । परम्परागत सिने लेखन प्रक्रियालाई यसले विस्थापित ग¥यो । एक हिसावले नेपालीचलचित्र लेखनको पुरानो युगको अन्त्य गरी नयाँ युगको थालनी गर्न कोसेढुंगाको काम गरेको उदाहारण यस चलचित्रले पाएको सफलता हेर्दा प्रष्ट हुन्छ । यसवाट के प्रष्ट हुन्छ भने भोजराजले नेपाली सिने जगतमा आफ्नो अलगधार र अलगपहिचान बनाउन खोजेका छन् र उनी यस कार्यमा सफल समेत भएका छन् । भोजराजको यो सफलतावाट उनी विन्दास चलचित्रवाट एक सफल युवा चलचित्र लेखकको रुपमा स्थापित भई सकेका छन् भन्ने तथ्य खोज्न टाढा गइराख्न पर्दैन । विन्दास चलचित्रको सफलतापछि हौसिएका उनीलाई अझ राम्रो चलचित्र लेख्न मन लाग्यो फलस्वरुप उनी फेरि विन्दास २ चलचित्र लेख्न थाले र त्यो चलचित्र झन् सोचे भन्दा बढी सफलताको शिखर चढेपछि भने उनी आफूलाई झन खारिन र तिर्खान पट्टी लागि रहे । उनले लेखेका विन्दास र विन्दास २ सर्वाधिक रुचाइएको र चलेका चलचित्रहरु हुन् । उनैले लेखेका मेन्टल चलचित्र रिलिजहुने तयारीमा छ भने उनी अन्य सफलतम चलचित्रहरु पनि लेख्दै छन् । नयाँ नयाँ आयामहरु प्रयोग गरी नेपाली चलचित्र लेखनमा उनी जुटि रहेका छन् । नेपाली सिने क्षेत्रमा नयाँ नयाँ कथाको खोजी गरी तीकथाहरु लेख्न उनी लागि परेका छन् ।
यसवाट के प्रष्ट हुन्छ भने भोजराज देवकोटाले आफूलाई एक सफल चलचित्र लेखकको रुपमा स्थापित गर्न सफल भएका छन् । उनले दिएका सिर्जनाहरुले राम्रो प्रतिक्रिया पाएका छन् । त्यस्तै राम्रो खालको सफलता समेत पाएका छन् । उनले लेखेका चलचित्रहरु एक पछि एक गर्दै सफलताको शिखर चढ्न थाल्दा उनी कति सफल भएका छन् भन्ने कुरा जून र घाम जत्तिनै छर्लङ्ग भएको छ ।
नेपाली भाषा ,साहित्य र कला क्षेत्रको विकासको लागि मरिहत्ते गरेर लागेका भोजराजको लक्ष्य तथा उद्वेश्य निकै बढी नै रहेका छन् । उनलाई दिनप्रतिदिन कसरी नयाँ नयाँ सफल नेपाली चलचित्र लेख्न सकिन्छ भन्ने सोचले सताई रहेको छ । उनको यो सोचाईले अझ भावी दिनमा राम्रा र उत्कृष्ट चलचित्र दिन सक्ने कुरामा ठूलो सम्भावना देखिएको छ । अझउनले धरै राम्रा राम्रा चलचित्र लेख्न सक्ने छन् । पुरानो शैली र प्रविधि प्रयोग गरी लेखिएका नाम मात्रैका चलचित्रहरुलाई उनका चलचित्रहरुले ठेगान लगाउन सकून् । अझ नवीनत रुपमा नयाँ नयाँ मिथक ,विम्व र प्रतिकको प्रयोग गरेर चलचित्र लेखन गर्ने क्षमता उनलाई मिलोस् । भावी दिनमा उनले लेखेका चलचित्रहरु थप सफलताको शिखर चढेका खबरहरु हामीले सुन्नपाइयोस् । झन् झन् सर्वोत्कृष्ट चलचित्रहरु लेख्न उनलाई उर्जा र शक्तिप्राप्त होस् । सदा नेपालीभाषा ,साहित्य र कलाको क्षेत्रमा उनको लगाव ,झुकाव बढी रहोस् । हाम्रो यही शुभकामना ।
साथै आफूले लेखेर सुपरहिट चलचित्रको इमान ,मान र प्रतिष्ठामा आँच आउने गरी उनले चलचित्र लेख्ने कोसिस गर्ने छैनन् र हिजो लेखेका चलचित्रभन्दा पनिअझ उत्कृष्ट चलचित्र लेखून् । आफ्नो प्रतिभालाई सशक्त ढंगावाट अगाडि बढाउन् । उनीवाट नेपाली सिने जगतका तमाम दर्शक तथा सिने प्रेमी महानुभावले यही कुराको अपेक्षा गरेका छन् भन्दा फरक नपर्ला ।
– वाई.आर . पौडेल

प्रतिक्रियाहरु