कर्मचारी प्रोत्साहन भत्ता कटौती

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । सरकारले निजामती कर्मचारीहरुलाई विभिन्न नाममा दिने प्रोत्साहन भत्ता कटौती गरेको छ । यसले वार्षिक ५ अर्ब रुपैयाँ व्ययभार कम हुने देखिएको छ । मन्त्रिपरिषदले वैशाख अन्तिम साता पास गरेको ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन’ अनुसार यो साउनबाट निजामती कर्मचारीहरुले महँगी, स्थानीय, पोसाकभन्दा बाहेकका अन्य भत्ता पाउने छैनन् । हाल निजामती कर्मचारीले तलब, स्थानीय भत्ता, महँगी, फिल्ड, बैठक र कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउँदै आएका छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार