कर्णाली एक्स्पो शुरु हुँदै

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौँ, २३ मंसिर । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा आजबाट कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुँदैछ । सो एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला प्रधानमन्त्री पुष्पकमल दाहालले मेला उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा दर्शकले उँट, चौरीगाई र हेलिकप्टरमा बसेर अवलोकन गर्न पाउने भएका छन् ।
चीन, भारत, बंगालादेश, पाकिस्तान तथा थाइल्याण्डका ब्राण्डेड कम्पनीका सामग्रीदेखि स्थानीय उत्पादन र कृषि सामग्रीलाई प्रदर्शनीमा राखिने छ । प्रदर्शनीले विभिन्न देशका व्यवसायीबीच व्यापार विस्तार, प्रविधि हस्तान्तरण, आयत निर्यात तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने अपेक्षा लिइएको आयोजक सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए ।
करिब दश करोडको कारोबार गर्ने लक्ष्य राखिएको मेलामा हेलिकप्टरमार्फत मुगुको राराताल, दैलेखको पञ्चकोशी, सल्यानको कुभिण्डे दह र सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न पाइने उनले जानकारी दिए ।

प्रतिक्रियाहरु