कर्णालीको शक्तिले सत्तामा पुगेर फुर्ती लगाउने ? – विरेन्द्रबहादुर विश्वकर्मा

२०७५ आश्विन १३ गते, शनिबार

खड्गबहादुर विश्वकर्मा प्रकाण्ड कालिकोट जिल्ला माल्कोट गाविसमा जन्मिनु भएका एक गरिब किसानका छोरा हुन् । त्यति मात्र होइन, प्रकाण्ड राज्यद्वारा अपहेलित गरिएका दलित र सहिद परिवारका सदस्य पनि हुन् । आदरणीय दाजु प्रकाण्ड सानैदेखि मेहनती, मिलनसार, इमानदार, राम्रो स्वभावका हुन् । कडा परिश्रम गरेर त्यतिखेर एसएलसी उत्तीर्ण गरेका थिए । मेहनत र लगनशीलताकै कारण उहाँ तत्कालीन माल्कोटको घाँचु भन्ने ठाउँमा सरकारको स्थायी जागिरे हुनु भएको थियो । त्यतिबेलाका सामन्त भनाउँदा ठकुरी माथिल्लो जातिहरुले राम्रोसँग जागिर पनि खान दिएका थिएनन् । गाउँमा त्यतिखेर ठकुरी शासन चलाउँथे, त्यतिखेर दलितमाथि धेरै प्रकारका हत्या, हिंसा, बलात्कार, छुवाछुत दमन गर्थे, उहाँले सहन सक्नु भएन । सायद उहाँ पढे–लेखेकै हुनाले नागरिकमाथि हुने, महिलामाथि हुने अन्याय, अत्याचारपूर्ण व्यवहारको कडाभन्दा कडा प्रतिवाद गर्नुहुन्थ्यो । त्यतिखेर आपूm निरन्तर परिवर्तनमा लागेर समाज परिवर्तन अभियानमा होमिनुभयो । जागिर छोडेर गरिब, दलित महिला, बालबालिका र सिंगो देश परिवर्तन गर्ने पक्षमा आपूmलाई उभ्याउनु भयो । त्यहाँबाट निरन्तर संघर्षमा होमिनुभयो । २०५२ देखि अहिलेको सत्ता पार्टीका अध्यक्षको नेतृत्वमा १० वर्ष जनयुद्ध हुँदा । यसो गर्नुपर्छ, उसो गर्नुपर्छ उनकै निर्देशनमा निरन्तर संघर्ष गर्दै आउनुभयो । दलित गरिब महिलाको मुक्तिको लागि युद्ध भनेर सिकाउने, आदेश दिने बादल, प्रचण्ड जनयुद्धका होनहार नेता प्रकाण्डलाई मानसिक यातना दिई हातमा हत्कडी लगाउन तिमीहरुलाई लाज लागेन ? जनयुद्धका तिनै बादल, प्रचण्डलगायत आज कायरमा रुपान्तरित भएका छन् । यी कायरले त्यति छिट्टै जनयुद्धका आधारइलाका रुकुम, रोल्पा विशेष गरेर कालिकोटलाई लात हान्यौँ । क. प्रकाण्ड जन्मिएको जिल्ला कालिकोटबाट जनयुद्धमा ४–५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । घाइते, बेपत्ता, अपाङ्गहरुको संख्या कति छ, कति ? तिनै सहिदय योद्धाले गरेको बलिदानकै कारण आज बादल र प्रचण्ड यो सत्ताको मालिक बनेका छौ । हिजो जनयुद्ध सुरु गर्ने बेला रोल्पा, रुकुम, कालिकोट जाँदा तिमीहरुले जनतालाई दिएको आश्वासनलाई सही मानी जनताले ज्यान दिएका हुन् । त्यतिबेला तिमीहरुको टाउकाको मूल्य तोकेको होइन र ? तत्कालीन सरकारबाट बच्न कालिकोटलाई आधार इलाका बनाएर आएका थिएनौँ ? घाँस काट्न, दाउरा ल्याउन जाने क्रममा एक मुठ्ठी सातु, मकैको रोटी बोकेर कडा मेहनतका साथ सँगसँगै हिँडेका सहकर्मी प्रकाण्डप्रति आज तिमी यति निष्ठुरी भयौ । हिजो कालिकोटको माल्कोट जहाँ नेकपाका प्रवक्ता काण्ड जन्मिनु भयो । त्यही ठाउँमा तिमीहरुलाई दुश्मनले लखेटेको बेला महिलाले घँगारुको लठ्ठीबाट राइफल खोसेर तिमीहरुलाई बचाएको आज सत्तामा पुग्दा चटक्कै बिस्र्यौ ? त्यतिखेर जनताले खोसेको राइफल बोकेर आज गृहमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्री भयौ होइन ? तिमीहरुलाई त्यहाँ पु¥याउने प्रकाण्डको कुनै त्याग, तपस्या र योगदान छैन । कालिकोटका जनताले लगाएका गुण तिमीहरुले बुझेकै रहेनछौ । प्रकाण्डले तिमीहरुलाई बचाउनको लागि जनयुद्धमा गरेको सहयोग र भूमिकाको बदला आज हत्कडी दियौ, बुझेरै होला । विद्रोह गर्नु जनताको अधिकार हो भन्ने बादल र प्रचण्ड नै हुन् । बन्दुक बोक्नुपर्छ, दुश्मनको हतियार खोसेर दुश्मनतिर पड्काउनुपर्छ भन्थे त्यो प्रशिक्षण कर्णालीमा अझै ताजा छन् । तिमीहरु गृहमन्त्री, प्रधानमन्त्री भयौँ होला तर कर्णालीका जनताका समस्या ज्युँका त्युँ छन् । र, देशको समस्या पनि उस्तै छ । स्वाधीनता सार्वभौमसत्ता खतरामै छ । त्यसकारण देशमा क्रान्ति सम्पन्न गर्नुको पनि विकल्प छैन । कर्णालीका जनताले राम्रोसँग बुझेका छन् । भ्रष्टाचार, बलात्कार, कमिसन, कालोधन्दा अपराध दिनप्रतिदिन बढ्दै आएका छन् । तिमीहरुलाई थाहा नै होला यसलाई बचाउन सारा नेपाली एकजुट हुनुपर्छ भन्ने पनि बुझेका होला । त्यही भएर कर्णालीका छोराछोरी क्रान्तिमा छन् । त्यसकारण क्रान्तिको आवाज उठाउने प्रकाण्ड अपराधी होइनन् । क्रान्ति र परिवर्तनलाई रोक्ने तिमीहरु अपराधी हौ ।
सहिदको सम्मान गर्न सकेनौँ, प्रकाण्डका दुई भाइ र एउटी बहिनी गुमाउनुको पीडा बोकेर अधुरो क्रान्ति पूरा गर्न निरन्तररुपमा राजनीतिक आन्दोलनमा लागिरहेका जनप्रिय साहसी र इमानदार नेता हुन् । तिमीहरु जस्तो धोकेबाज होइनन्, प्रकाण्ड आज उहाँलाई लगाएको हत्कडी तुरुन्तै खाली गर, यो कर्णालीबासीको च्यालेन्ज हो । उहाँ अपराधी होइनन्, इतिहास बुझे हुन्छ । सम्मानित सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश दिएलगत्तै अपहेलित तरिकाले सर्वोच्चको गेटबाटै छ–छ पटकसम्म झुठा आरोप र झुठा मुद्दा लगाउँदै खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गर्ने आदेश दिन लाज लाग्दैन ? नालायक सरकारलाई बादल–प्रचण्ड र केपी ओली लामो समयदेखि अहिलेसम्म भ्रष्ट र माफियाका संरक्षण पनि बन्यौ, त्यसो नगर्न र सच्चिएर स्वाभिमानी जनतासँग हातेमालो गर्न म खबरदारी गर्न चाहन्छु । यो पनि नबिर्सनु कि माल्कोटमा घँगारुको लठ्ठीबाट महिलाले खोसेर बुझाएको हतियारको बलमा र त्यतिखेर भारतमा बसेर कर्णालीको माछा खाएर सत्ता र शक्तिको फुर्ती लगाउँछौ । ती कर्णालीका जनताले पूmल र अविरले सम्मान गरी आपूmमरी आफ्नो नेतृत्वलाई बचाएको गुणको साटो तिमीहरुले प्रकाण्डलाई हत्कडी मानसिक यातना, भूmठा आरोप, झुठा मुद्दा लगायौ । यसको हिसाब उचित समयमै हुन्छ । राम्रोसँग राखेकै हौला । जनताले तिमीहरुसँग अवश्य गर्ने भनेरै राखेका छन् । तिम्रा ती काठमाडौँमा भएका सेना, पुलिस तिमीहरुलाई कतिञ्जेलसम्म सुरक्षा देलान् । हामी जनताले नि बुझेका छौँ । काठमाडौँबाट आदरणीय दाजु खड्गबहादुर विश्वकर्मालाई कब्जा गयौ । त्यसमा आपूmलाई निकै साहसी, बहादुरी ठाने हौला । तर, जनता तिमीहरुलाई कुन दिन कब्जा गर्दछन् बुझेकै हौला । दलाल, भ्रष्टाचार, पुँजीपति बफादारी बन्यौँ हौला । तर, तिमीसँग जनताले उचित समयमै हिसाब गर्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु