करोडौ रुपैयाँको स्याउ निर्यात

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । जिल्ला कृषि विकास कार्यालय मुस्ताङले चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको जनाएको छ । मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती गरिएको छ । जसमध्ये ४१५ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिन थालेको छ । यस वर्ष मुस्ताङबाट ५३ सय मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष ४८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउका लागि राम्रो हावापानी भएको मुस्ताङमा १३ प्रजातिका स्याउको खेती हुने गरेको छ । यहाँ उत्पादित स्याउ विदेशमा समेत निर्यात हुने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु