करदाता शिक्षा अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं । साना तथा मझौला करदाताहरुलाई कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालना तथा कर सहभागिता अभिवृद्धिका लागि आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक श्री चुडामणि शर्मा तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पशुपति मुरारकाले समझदारी पत्रमा असोज १९ गते हस्ताक्षर गर्नु भएको छ । करदाता शिक्षाका लागि ६ दिन सम्म सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा महानिर्देशक श्री चुडामणि शर्माले करदातालाई कर सम्बन्धी विषयमा शिक्षित बनाउने कार्यक्रम साउन महिनादेखि नै शुरुवात गर्ने विभागको सोच हु“दा हु“दै विविध कारणले सम्पन्न गर्न केही ढिलो हुन गएको बताउनुभयो । आन्तरिक राजस्व विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, आइक्यान, नष्श को समन्वयमा करदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुहु“दै प्रशिक्षकहरुलाई सार्थक सहभागिताका लागि धन्यवाद दिनुभयो । ६ दिन सम्म कर सम्बन्धी ज्ञान हासिल गरेका प्रशिक्षकहरुलाई जिल्ला जिल्लामा ज्यामितीय रुपमा कार्यक्रम लैजान उहा“ले निर्देशन दिनुभयो । प्रशिक्षकहरुलाई करदाता र कर प्रशासनको दूतको रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो । दर्ता निवेदनको फारम परिमार्जनको प्रकृयामा रहेको बताउनुहु“दै दायरामा नआएकालाई सम्झाउने, सिकाउने कर सहभागिता अभिवृद्धि गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
महानिर्देशक शर्माले दण्डहिनता बढेको बताउनुहुंदै समयमा कर नतिर्ने, दर्ता नहुने, नक्कली विल विजकको प्रयोग गर्ने कार्यलाई निरुत्साहित गर्ने कार्यमा प्रशिक्षकहरुको भूमिका प्रभावकारी हुने बताउनुहु“दै कर चुहावट जस्तो कार्यमा मतियार नहुन पनि निर्देशन दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पशुपति मुरारकाले सामान्य भन्दा सामान्य भाषामा प्रशिक्षकहरु तयार भएकाले करदाताहरुले कर सम्बन्धी विषयमा ज्ञान हासिल गर्न सक्ने बताउनुभयो । उहा“ले कर प्रशासन र व्यवसायीको दूतको रुपमा प्रशिक्षकहरुले काम गर्नु पर्ने बताउनुहु“दै करदातालाई कर तिर्ने चाह“दा हु“दा हु“दै पनि कतिपय झण्झटले गर्दा, करदाता शिक्षा तथा सूचनाको कमीको कारणले गर्दा अप्ठेरो परेको बताउनुभयो । कर तिर्नु सवै नागरिकको दायित्व रहेको बताउनुहु“दै व्यवसाय वृद्धिका लागि, करदातालाई झण्झट रहित व्यवसाय सञ्चालनका लागि प्रशिक्षकहरुको भूमिका प्रभावकारी हुने उहा“को अपेक्षा थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठले कर शिक्षा दिनको लागि प्रशिक्षकहरुको भूमिकाले देशलाई समृद्धि तर्फ लान सहयोग गर्ने बताउनुभयो । करदाताले कर कार्यालय नगई घरमा बसेर नै कर तिर्न सक्ने व्यवस्थालाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुहुदै करदातालाई परेको समस्या समाधान गर्नको लागि प्रशिक्षकहरुको भूमिका प्रभावकारी होस् भन्नुभयो । उहा“ले कर तिर्न चाह“दा चाह“दै पनि, फर्म भर्न नजान्ने, कार्यालयको पहु“च टाढा हुने, करदाताले कर तिर्नकै लागि लागत बढ्ने जस्ता समस्या समाधान गर्ने तर्फ प्रशिक्षकहरुले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि श्री सौरभ ज्योतिले सरल भन्दा सरल किसिमले प्रशिक्षकहरुले बुझाउन सकेकामा खुशी लागेको बताउनुहु“दै करको दर वृद्धि गर्नुभन्दा दायरा विस्तार गर्नुपर्ने र त्यस कार्यमा प्रशिक्षकको ठूलो भूमिका रहने जानकारी दिनुभयो । नागरिकलाई सडक, बाटो घाटो, अस्पताल, पानी, विजुली राज्यले उपलव्ध गराउने हु“दा त्यसको लागि सवैले कर तिर्नुपर्ने दायित्व भएको उहा“को भनाइ थियो ।
सहभागी प्रशिक्षकको तर्फबाट मोहम्मद जुवेग राईले आफूहरुले ६ दिनसम्म सिकेका कर सम्बन्धी विषयले हजारौंलाई प्रशिक्षक बनाउने बताउनुभयो । आफूहरुले सञ्चालन गर्ने कार्यक्रमले राजस्व वृद्धिमा सहयोग पुग्ने बताउनुहु“दै साना करदाताहरुलाई परेको समस्या आफूहरुले समाधान गर्ने बताउनुभयो । ढिलै शुरुवात भए पनि कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साना तथा मझौला करदाता शिक्षाका लागि स्थानीय स्तरमा नै प्रशिक्षक तयार गर्न नेपाल चार्टड एकाउन्टेण्ट संस्थाको सहयोगमा नमुना जिल्लाको रुपमा कैलाली, बा“के, दाङ, रुपन्देही तथा काभ्रे जिल्लालाई छनौट गरी प्रत्येक जिल्लाबाट दुई दुई जना शिक्षार्थी छनौट गरी ६ दिवसीय प्रशिक्षक प्रशिक्षणमा सहभागी गराइएको थियो ।
तालिम प्राप्त प्रशिक्षकहरुले स्थानीय उद्योग वाणिज्य संघहरुले एक वर्षसम्म आयोजना गर्ने १० वटा तालिम (पर्यवेक्षण तालिम बाहेक) का लागि उपलव्ध हुनुपर्नेछ । कर प्रशिक्षकले तालिमपश्चात् आन्तरिक राजस्व विभागले स्वीकृत प्रदान गरेको ३ वटा मोडलमा तालिम दिनुपर्नेछ भने प्रशिक्षक प्रशिक्षण प्राप्त शिक्षार्थीहरुले नेपाल एकाउन्टेन्ट संस्थाको सुपरिवेक्षण तथा अनुगमनमा सम्बन्धित स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा कम्तिमा २० जना करदाताको सहभागितामा दुइवटा पर्यवेक्षण तालिम तथा दुई थप पर्यवेक्षण तालिम दिनेछन् ।
करदाता शिक्षा सम्बन्धी कार्यक्रमको अनुगमन गर्न आन्तरिक राजस्व विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चार्टड एकाउन्टेन्ट संस्था लगायतका सरोकारवाला संस्थाहरुको सहभागितामा एक निर्देशक समिति गठन गरिने बताइएको छ ।
कर सम्बन्धी तालिमका लागि करदाताको स्तर अनुसार तीन किसिमका विषय वस्तुमा तालिमको व्यवस्था गरिएको थियो । तालिमको विषय वस्तुको तयारी, तालिमको संयोजन लगायतका व्यवस्थामा नेपाल चार्टड एकाण्टेण्ट संस्थाको सहयोगमा गरिएको थियो । विशेष गरी बार्षिक रु २० लाखसम्म कारोबार भएका करदाताको लागि, रु २० देखि ५० लाखसम्म कारोबार भएका करदाताको लागि विवरण भर्ने, समय, लाग्ने कर वारेमा तालिम दिइएको थियो ।
यसले कर शिक्षालाई घरघरमा पु¥याउने तथा स्वच्छ र स्वस्थ्य व्यापार गर्न चाहाने व्यक्तिलाई प्रोत्साहन हुने, व्यवसाय पारदर्शी बनाउन मद्दत भई कर सहभागिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
हाल नमुना जिल्लाहरुको प्रभावकारितालाई हेरी प्रशिक्षकको छनोटका लागि सम्बन्धित जिल्लास्थित अर्थशास्त्र, व्यवस्थापन तथा कानूनमा कम्तिमा स्नातक भएका अनुभवि व्यक्तिहरुको आवेदन माग गरी प्रत्येक जिल्लाबाट दुई जनाका दरले छनोट गरिएको छ । प्रशिक्षक प्रशिक्षण तालिममा सहभागिले सम्बन्धित जिल्लामा एक वर्षमा पर्यवेक्षण तालिम समेत कम्तिमा १४ वटा तालिम संचालन हुनेछ ।
यस नमुना तालिमको लागि सहयोग नेपाल जर्मन राजस्व प्रशासनिक सहयोग परियोजना ९च्ब्क् ० बाट भएको छ । नेपाल–जर्मन राजस्व प्रशासनिक सहयोग परियोजना ९च्ब्क्० नेपाल सरकारको आन्तरिक राजस्व विभागको मार्गनिर्देशनमा कार्यान्वयन भैरहेको छ । यस परियोजनाका लागि आवश्यक प्राविधिक सहयोग जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको ९द्यःश्० तर्फबाट जी.आइ.जेडले ९न्क्ष्श्० उपलब्ध गराइरहेको तथा डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९म्ब्ल्क्ष्म्ब्० को आर्थिक सहयोगमा कार्यान्वयन भैरहेकोछ ।
नेपालको कर सम्बन्धी व्यवस्था कर कानून तथा कर प्रशासनमा निकै सुधार आए पनि करदाताको सो अनुरुप दक्षतामा अभिवृद्धि हुन नसकेको कर कानूनले निदिष्ट गरेका व्यवस्थाहरुको परिपालनामा कठिनाई भएको तथा नया“ सन्र्दभमा करदातामा शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन हुन सकेमा कर सहभागिता उत्साह जनक रुपमा वृद्धि हुने महशुस गरी आन्तरिक राजस्व विभाग तथा नेपाल उद्योग वाणिज्य महासंघको समझदारीमा करदातासंग सर्वेक्षण गरी करदाता शिक्षालाई व्यापक बनाउन स्थानीय स्तरमा कर प्रशिक्षक तयार गर्ने उद्देश्यले ६ दिवसिय प्रशिक्षक प्रशिक्षणमा सहभागि गराईएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशकहरु श्री राममणि दुवाडी, श्री लक्ष्मीप्रसाद यादव, विभागका निर्देशकहरु, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री शेखर गोल्छालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु