कम्युनिष्ट सरकारको बिहानीमा कालोबादल- झपेन्द्रराज वैद्य

२०७५ कार्तिक १३ गते, मंगलवार

भारत र अमेरिकाका एजेन्टहरुले आफ्ना पाल्तु कुकुर मार्फत नेपाल चलाईरहेछन्। उत्तर साम्राज्यबाद यस्तै हुन्छन् । आफै हमलागर्न आउँदैनन् । आफ्ना दलाल मार्फत देश चलाउँदछन्। १२ बुँदे सहमती होस वा शान्ति संझौता सबै बिदेशबाट संचालित छन ।
अहिले नेपाल संबेदनशील क्षेत्र बनेको छ । अमेरीकाले नेपालको ढाडमा टेकेर तिब्बत हान्न चाहन्छ । यसको लागि भारतले दलाई लामालाई पालेर राखेको छ । अमेरीका र भारतले नेपालमा अस्थिरता सिर्जना गर्न चाहन्छन ्। तर चीनले नेपालको स्थिरता चाहन्छ । नेपाल अस्थिर रहेमा नेपालमा भारत र अमेरिका पसेर चीनलाई दखलगर्न सक्छन् भन्ने चीनको ठहर छ । यसैले चीनले नेपाललाई बिकास कार्यमा सहयोग गर्नसक्छ । यो कुटनैतिक कुरा हो। भारतले भने बिकासको प्रलोभन देखाएर ब्रम्हलूट मच्चाई रहेको छ । कैयौं ठाउँहरुमा जल जमीन र जंगल आफ्नो कब्जामा लिएको छ । नेपालको समाजिक दलाल पुँजिबादले आफ्नो प्रभु बिरुद्ध बिरोधका स्वरनिकाल्न सक्दैन। बिस्तारबाद र सम्राज्यबादको बिरोध गरेमा नेपालका दलालहरुको मुटुदुख्छ। आफ्ना मालिकहरुको चोट पुग्ने काम आएमा उनका हनुमानहरुले कालोलाई कालो भन्न डराउँछन्। सेतोलाई सेतो भन्न डराउँछन्। असलीरुपमा नेपालको राजनीतिको साँचो अमेरिकासँग छ। बृटेनसँग छ। पश्चिमाहरुसँग छ। भारतले त लगाइदिएको काम गर्ने हो। भारत सिंंनपुच्छर हो। उसँग हजारौं बर्षको गुलामीको सँस्कार छ। ऊ स्वतन्त्र नभएकोले भारतले नेपाललाई स्वतन्त्र भएर बाच्न दिदैन। वास्तबमा भारत अहिले पनि अंग्रेजबाट शासित छ। भारतका ४०० राज्यहरुलाई अंग्रेजलेृ नै एकीकरण गरेको हो। रेल मार्ग आदि बृटेनले नै बनाईदिएको ह ो। वास्तबमा भन्ने हो भने भारत बृटेनलाई प्यारो छ ।
दलाल सत्ताको आफ्नो भन्ने केही हुदैन। उसले दलाली गरेर सत्ता टिकाउन चाहन्छ। जबसम्म समाजिक दलाल पुँजिबाद समाप्त हुदैन सत्तामा जाने के पी वलीमात्र होइन जुन जोगी आएपनि कानै चिरेका हुन्छन्। जताततै भ्रष्टाचार ब्याप्त छ। मालमा गयो भ्रष्टाचार छ। ६ रोपनी जग्गा कित्ताकाटगरेको ५५ लाख रुपियाँ तिर्नुपरेको कुरा प्लटिंग गर्नेहरु बताउँछन्। रेष्टुरेन्ट डान्सबारमा सि.आइ.डीको रुपमा गएर एक कप कफीको ५ हजार , १० हजार तिर्नुपरेको कुरा स्वयं पत्रकारहरुले बताइरहेका छन्। यौन दुराचार, हत्याहिंशा, लूट छ समाजमा। निर्मला पन्तको बलात्कार र हत्या प्रकरण ३ महिना भैसक्दा पनि रहस्यमय बनेको छ। बलात्कारीहरु प्र.मको कुर्सी वरिपरि घुमिरहेका हुन्छन् तर समातिदैनन् ठूला माछाहरु। चाहे सुन प्रकरणको कुरा होस वा सिन्डिकेटको कुरा होस यात ठेकेदारको लापरवाहीको कुरा होस् सबै बिषयमा सरकार मौन देखिएको छ। उभार छैन उतार छ। समृद्धि होइन बिषम बृद्धि छ। नेताहरुले तलब भत्ता सहुलियत बढाईरहेका छन्। एकातिर महंगी र ढाड सेकिने करले जनता छटपटिएका छन् अर्को तिर कथित कम्युनिष्ट सरकारले दशैंंको शुभकामना सन्दर्भमा चियापान दिन ५० हजार जनता उतारेको छ। सामन्तले पनि गर्न नसकेको कुरा महासामन्त बनेर पूर्णीमासम्म टीकालगाईदिन्छ सरकार । कस्तो बिडम्बना !! निवर्तमान प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट घुँडाटेकेर टिकालगाउँछन्। यो गुलामी सँस्कार हो वा दास सँस्कार ? दास सिक्रीमा बाँधिएका हुन्छन ्। उनीहरुले बिद्रोह गर्न सक्दछन ्। तर गुलामीहरु आफ्नो अस्तित्व मेटाएर स्वतःस्फूर्तरुपमा पाउमा पर्न जान्छन्। टीकालगाउँदा मान्छे हेरेर कुर्सी अगाडि सार्ने र पछाडि हटाउने काम गरिन्छ। कस्तो गाई जात्रा हो यो? कुनै ब्यबस्था छैन। ब्यबस्थापन छैन। कर्मचारीको लापरबाहीले अस्थब्यस्थ भयो भनौं भने आखिर कर्मचारी ब्यबस्थापनगर्ने सरकारको नै जिम्मा हुन्छ। यसबाट सरकार पन्छेर बस्न सक्दैन। दशैं तिहार आफ्नो सँस्कृति अनुसार मान्नुपर्छ । यो बेग्लै कुरा हो तर ताकपरे तिवारी नत्र गोतामे भनेजस्तो आफूलाई कम्युनिष्ट बताउने मान्छेले दुर्गा भवानीलाई अगाडि राखेर टीका ग्रहणगर्छ भने ऊ कम्युनिष्ट हो वा अबसरबादी? आत्मसन्तुष्टीको लागि धर्म गर्छ भने गरोस् यो ब्यक्तिगत स्वतन्त्रताको कुरा हो। तर उसले कम्युनिष्टको आवरण फाल्नुपर्छ। भौतिकबाद र आध्यात्मबाद सँगसँगै जानसक्दैनन्। दुबैलाई समात्नु भनेको सारसंग्रहबादी अवसरबादी हुन्छ। नएता हुन्छ नउता हुन्छ। नेपालमा यस्ता कम्युनिष्ट भनाउँदा छन् जसले जनतामा कम्युनिष्टको बिभ्रम फैलाएर शोषण गरिरहेका हुन्छन्। बिकृति बिसंगती निम्त्याएका हुन्छन्। यसलाई द्वेधबाद सँस्कृति भन्दछन्। अर्को शब्दमा यसलाई पुँजिबादी सँस्कृति पनि भनिन्छ।। रुपान्तरण हुनुपर्छ भनेर सबैले भन्छन् तर रुपान्तरण हुनसक्दैनन्। अनि के को नाटक? कम्युनिष्ट त फेशन नै भएको छ।
अब जनताले कम्युनिष्टको सरकारको बिहानी देखिसक े। कम्युनिष्ट सरकारको बिहानीमा कालोबादल छ । बर्षामा बाटैभरि हिलो हिंउँदमा धुलाको मुश्लो हुन्छ कम्युनिष्ट सरकारमा । नारामा बिकास र समृद्धिको भजन छ । तर उल्टो यात्रा छ। बेरोजगारी छ। दैनिक ४।५ सय युवा बिदेश पलायन हुन्छन्। जागिरको प्रलोभनमा कैयौं युवती दिल्लीको कोठीहरुमा बन्दी बनाइएका हुन्छन्। महंगीले आकास छोएको छ। बलात्कार, हत्या, अपहरणको जगजगी छ। अभिभावकहरुमा बालबालिका कसरी जोगाउने भन्ने संत्रास छ। गुण्डाको राज छ। जनस्वास्थ्यमा खेलबहाड। डा.गोबिन्द के.सी.को मागमा अझै सुनुवाई हुनसुकेकोछैन। राष्ट्रिय गौरबका बिकासका कुरा ओझेलमा छन्। सबै कुरा जादूको छडीजस्तै ८। ९ महीनामा नै हुनुपर्छ भनेको पनि होइन । तर सुरुवातै भएन। प्रधानमंत्रीको एकलै सुगारटाइलेमात्र केही हुदैन । वरिष्ठ नेताहरुको टिम लागेको देखिदैन। राज्यहरुमा कर्मचारी पुराहुन सकिरहेका छैनन ्। खर्च थाम्न नसकेर संघीयतामा प्रश्न उठन थालिसकेको छ । भारत अमेरिकाले जस्तो गराउन चाहन्छन् उस्तै भएको छ नेपाल । दिन प्रतिदिन सीमामा अतिक्रमण भएको छ। राजनैतिक सामाजिक तथा साँस्कृतिक अतिक्रमण छ नेपालमा। भारतले ६ सय ६ बर्ग कि.मी. लगेको छ। लिम्पीया धुरा कालापानीमामात्र ३७ हजार हेक्टर जमीन अतिक्रमण गरेको छ। भारतले बनाइदिएको नक्शामा ३ सय १० बर्ग कि.मी.हटाइएको छ। यसमा नेपाल मौन रहेको छ। नवलपुरको सुस्तामामात्र १४ हजार हेक्टर जग्गा कब्जामा छ। १९७९ को हवाई फोटो ग्राफीअनुसार नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग कि.मी. निर्धारण गरिएकोमा त्यो खुम्चिदै खेम्चिदै गएको छ। पुँजिबादी दलाल सरकार रहेसम्म राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रतामा खतरा रहिरहनेछ। सरकारले अरु केही नगरे पनि भ्रष्टाचार रोक्ने र देशको भूभाग अतिक्रमण गर्न नदिनेमात्र भए पनि केही समय जनताले राहत पाउने थिए । तर सरकार सत्ता जाने भयले चू गरेर बोल्नसक्दैन । यसकारण रनआएसम्म दलालहरुले लूटको स्वर्ग मच्चाउने छन्। राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीबिका बैज्ञानिक समाजबादका पूर्वाधार हुन। यही नै नयाँ जनबाद हो । अब पूर्वमा टिस्टा, पश्चिममा काँगडासम्म पुग्ने हाम्रो लक्ष्य हुनुपर्छ । ब्यक्तिगत स्वार्थ त्यागी देशभक्तहरु एकजुट हुने हो भने एक दिन हामीहरुले बिशाल नेपाल बनाईछाड्ने छौं। आफ्नो राष्ट्रको लागि नेपालीहरु भोकभोकै पनि लड्न तयार छन ्। नेपाल नालापानी सिंधुली गढीजस्ता युद्धमा अंग्रेृजसँग लडेको हा े। अब पनि राट्रियताका लागि लड्न तयारछन् नेपालीहरु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु