कम्प्युटर १०० गुणा छिटो चलाउने प्रविधि !

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । अनुसन्धानकर्ताहरूले एउटा यस्तो प्रविधि विकास गरेका छन् जसले कम्प्युटर र सबै अप्टिक डिभाइसहरूलार्ई १०० गुणा छिटो चल्ने बनाउँछ । टेराहर्ट्ज माइक्रोचिप्समार्फत् यो सम्भव तुल्याइएको हो । ‘यो आविष्कारले टेराहर्ट्ज ग्यापलार्ई पूर्ति गर्न तथा नयाँ र शक्तिशाली ताररहित उपकरण सिर्जना गर्न सघाउनेछ जसले डाटाको प्रवाह अहिलेको तुलनामा धेरै उच्च दरले हुन सक्छ,’इजरायलको हिब्रु यूनिभर्सिटीका एक अनुसन्धानकर्ता यूरियल लेभीले भने । ‘अहिलेको हाइटेक जमानामा यो एउटा गेम चेन्जिङ प्रविधि हो,’ उनले थपे । अहिलेसम्म टेराहर्ट्ज माइक्रोचिप निर्माण गर्न सम्भव भएको थिएन । तर लेसर एन्ड फोटोनिक्स नामक पत्रिकामा प्रकाशित भएको सोधपत्रमा अनुसन्धानकर्ताहरूले एउटा अप्टिक प्रविधिका लागि अवधारणा पेश गरेक थिए । त्यसैका आधारमा यो प्रविधि विकास भएको हो । यदि यो प्रविधि सफल भयो भने ८–१६ गिगाहर्ट्ज कम्युटरहरूलार्ई अहिलेकोभन्दा १०० गुणा छिाटो चलाउन सहयोग गर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार