कब्जियत हटाउने भए – डा. हेमराज कोइराला

२०७६ भाद्र ८ गते, आईतवार

मल निष्काशनको स्वभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एक पल्टसम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राका घाउ, ट्यूमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो । भोजन ब्यायाम विश्राम विचार र भावनात्मक रुपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कपूmड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु भय, चिन्ता, शोक र उदासीनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रमबाट भाग्नेहरुलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।
लक्षणहरु
मल त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मल त्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख विग्रिनु, रिङ्गटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।
जोखिम
कब्जियत सामान्य, अहत्वपूर्ण तथा बहुुप्रचलीत रोग भए तापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भयावही रोगहरुको जननी मानिएको छ । कब्जियत हु“दा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौँ लामो समयसम्म आन्द्रामा मल रही रहँदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ । यी विषाक्त पदार्थहरु आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गई महत्वूूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउँदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मतअनुुसार कब्जीयतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुुदद्वार खस्नुु, डकार आउनुु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्निएर विकृत हुनुु (इकतभय ब्चतजचष्तष्क) मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासीनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडिनुु जस्तै पटक पटक इन्फेक्सन भइरहनुु, सर्दी–मर्कीले सताइरहनुु, ज्वरो, खोकी वल्झी रहनुु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनुु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हारमोनहरुको मात्र घटबढ भइरहनुु, कोलेस्टेरोल, यूूरोक एसीड आदि रगतमा भएका तत्वहरुका मात्रा घटबढ भइरहनुु रक्तअल्पताको समस्या देखापर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ ।
उपचार
विशेष रोगावस्था भएकाहरुले रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौँ । गलत आहार–विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन ब्यायम र जीवनशैली सुधार हो ।
भोजन
विहानको नास्तामा तारेभुटेको, बट्टा र बोतल बन्द खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलपूmल लिने वानी बसाल्नु पर्छ । मौसमअनुसारको फलपूmल जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग र मेथीहरु मौसमी तरकारीहरुलाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।
ठोस भोजन दिनको दुई पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहुँको वा मकैको पिठोको रोटी, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीस“ग ताजा मोही मात्र खादा कब्जियतमा राम्रो गर्छ ।
माछा, मासु, अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, स्याउ, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमासजस्ता सब्जी तथा दलहन सकभर नखानु नभए पनि बेलुका नखानु ।
ब्यायम
अङ्ग ब्यायम,रिढब्याम, शिथिलीकरणब्यायम, प्रातः भ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउ“दछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ । एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन (आन्द्राको सफाइ), पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।
कब्जियत आफैंमा ठुलो समस्या नभए पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।
सावधानीहरु
१. राति चाँडै सुत्ने बिहान ब्रह्म मूर्हत (घाम झुल्किनुभन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किदासम्मको समय) भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जति मन तातोपानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पु¥याउँदछ ।
२. दैनिक ३० मिनेटको व्यामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलीकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पु¥याउँछ ।
३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातिको भोजन सकभर सुुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो । भोजन गर्दा खुुब चपाई चपाई खाने गरौ । भोजनको समयमा बातचित गर्ने, उठी उठी बा टिभी, कम्प्युुटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।
४. कुुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौं ।
५. खानामा मौसमी तथा क्षेत्रीय (लोकल) अन्न तथा सागसब्जीहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जी, सलाद तथा रेसादार फलपूmलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।
६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्यागसम्बन्धी सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावना रहन्छ ।
७. कब्जियतका उपर्युक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्स लिई रोगको निदान गर्न तिर लागौ“ ।

प्रतिक्रियाहरु