‘कन्थक स्तुपा’को उत्खनन् सुरु

२०७६ कार्तिक २४ गते, आईतवार

काठमाडौँ , २४ कार्तिक । विज्ञ टोलीद्वारा सिद्धार्थ गौतम बुद्धले चढने घोडा कन्थनको समाधी स्थलकारुपममा मानिएको ‘कन्थक स्तुपा’मा उत्खनन् सुरु गरिएको छ । जापानिज नागरिक तोकुसीनको आर्थिक सहयोगमा बेलायतको दुर्हम विश्व विद्यालय, पूरातत्व विभाग, लुम्बिनी बिकास कोषका विज्ञ टोलीहरुले अत्याधुनिक बैज्ञानिक तरिकाले उत्खनन्, अध्ययन, अनुसन्धान र अन्वेषण सुरु गरिएको हो । पूरातत्व विज्ञहरुको सात जनाको टोलीको अगुवाईमा प्राचीन कपिलस्तुको तिलारकोट दरबार क्षेत्रको पूर्वतर्फ रहेको ‘कन्थक स्तुपा’मा उत्खनन् सुरु गरिएको हो । सिद्धार्थ गौतमले गृहत्याग गरेपछि त्यसको वियोग सहन नसकेपछि कन्थकको निधन भएको थियो । त्यसकै सम्झनामा बुद्धका पिता सुद्धोधनले समाधीसहितको कन्थक स्तुपा निर्माण गरेका हुन् भन्ने कथन छ । गत बर्ष पनि यही टोलीले त्यहा उत्खनन् गरको थियो । थप अध्ययन र अनुसन्धानका लागि कन्थक स्तुपमा यस बर्ष पनि उत्खननलाई रिन्तरता दिइएको पूरातत्व विभागका बरिष्ठ पूरातत्व अधिकृत राम बहादुर कुवरले बताए ।
‘कन्थक स्तुपाको बारेमा अझै धेरै कुराहरु खुलेका छैनन्, बिस्तृत अध्ययनका लागि त्यहा उत्खननलाई निरन्तरा दिइएको हो ।’ बरिष्ठ पूरातत्व अधिकृत कुवरले भने–‘उत्खननले त्यहाको अवस्थाका बारेमा जानकारी पाउछौ ।’ उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा पार्न प्रक्रिया अगाडि बढाएको स्पष्ट पारे । तीन बर्ष अघि कन्थक स्तुपाको दक्षिणतर्फ किनारमै उत्खननका क्रममा ठूलो बिहार र पोखरीको भग्नावशेष फेला परेको थियो । त्यस्तै सोही स्थानमा घैंटोमा राखिएको अवस्थामा करिब ६ सय वटा प्राचीन सिक्काहरु समेत भेटिएको थियो ।
दुर्हम विश्व विद्यालयका प्राध्यापक डाक्टर रविन कनिङघमले तिलौराकोट र त्यस वरिपरि पूरातात्विक संचारनाहरु धमाधम भेटिएका बताए । ‘तलौराकोटमा आठौं र छैठौं शताब्दी अघिका पूरातात्विक संचरनाहरु भेटिएका छन् ।’ विज्ञहरुको टोलीले दिएको प्रतिवेदनका आधारमा तिलौराकोट पनि छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने उनले उवश्वास ब्यक्त गरे ।- मनोज श्रीवास्तव

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार