कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने

२०७४ श्रावण २० गते, शुक्रबार

काठमाडौ, २० साउन । कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ ।
यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबास पाउने छन् । यो नयाँ कानुनअनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्ने छन् । हाल कतारमा करिब २७ लाख मानिस भए पनि ३ लाख मात्र कतारी नागरिक छन् । – एजेन्सी

प्रतिक्रियाहरु