कतारमा सयौ नेपाली हड्तालमा

२०७१ मंसिर ९ गते, मंगलवार


काठमाडौँ । न्युन तलबमा कार्यरत नेपाली सहित ७ सय कामदारले कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् । त्यसमा झन्डै छ सय नेपाली रहेका छन् ।कतारस्थित नेपाली दुताबासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर हड्तालमा उत्रिएका हुन् । कामदारहरुको माग तलब बढाउनुपर्छ भन्नेछु, श्रम सहचारी लिलानाथ दाहालले भने,उनीहरु यही तलबमा काम गर्ने पक्षमा छैन् ।
ती कामदारहरुले न्युनतम तलब ६ सय रियालमा काम गर्दै आएका छन् । उनीहरुले नेपाल सरकारले तोके बमोजिम ९ सय रियाल हुनुपर्ने बताएको छ । ६ सय रियाल निकै कम तलब भयो । यसले दैनिक खाना खाना ठिकै हुन्छु, बर्दियाका नरेन्द्र थापा मगरले भने,अब न्युन तलबमा काम गर्दिन् ।
ती कामदार शनिबारदेखि लेबर क्याम्मै बसेका छन् । उनीहरु कतार फ्रिल्यान्स टे्रडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा कार्यरत छन् । कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए नेपाल पठाइदिन माग राखेका छन् ।

प्रतिक्रियाहरु