कक्षा १२ को परीक्षा सुरु

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौ, २० बैशाख । कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ । यसपटक कक्षा १२ मा मुलुकभरबाट तीन लाख ४६ हजार चार सय २७ जना सहभागी भएकाछन । परीक्षा सञ्चालनका लागि मुलुकभर नौ सय २१ वटा केन्द्र निर्धारण गरिएको छ । हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष नियुक्त गरिएको छ ।
त्यसबाहेक दुई हजार पाँच सय १२ जना सहायक केन्द्राध्यक्ष, एक हजार नौ सय २१ जना पर्यवेक्षक तथा १३ हजार चार सय ३० जना निरीक्षक परिचालन गरिनेछ । परीक्षा अनुगमनका लागि शिक्षा मन्त्रालयको सहसचिवको नेतृत्वमा चारवटा टोली बनाएर अनुगमन गरिनेछ ।

प्रतिक्रियाहरु