औँला पड्काउँदा किन आवाज आउँछ ?

२०७४ चैत्र ३० गते, शुक्रबार

काठमाण्डौ ,३० चैत । वैज्ञानिकको ध्यान मानिसका अचम्मका बानीमध्ये औँला पड्काउँदा आवाज किन आउँछ ? भन्नेमा पनि छ । अमेरिका एवं फ्रान्सका सोधकर्ताहरूका अनुसार यसको कारण गणितको तीन समिकरणहरूको सहयोगबाट बताउन सकिन्छ । उनको मोडलबाट यो साबित हुन्छ कि यो आवाज हड्डीहरूको जोर्नीमा रहेको तरल पदार्थमा निस्किने फोकाबाट हुन्छ । अचम्मको कुरा यो छ कि यस प्रक्रियामा पूरै एक शताब्दीसम्म बहस भयो । फ्रान्समा विज्ञानका विद्यार्थी विनित चन्द्रन सुजा क्लासमा आफ्नो औँला पड्काइरहेका थिए, त्यसपछि उनलाई यस बारेमा पत्ता लगाउने जिज्ञासा जाग्यो । उनले आफ्ना अध्यापक डा. अब्दुल बरकतसँग गणितीय समीकरणहरूको एक शृंखला तयार पारे । जसको सहयोगबाट बताउन सकियोस् कि औँला एवं नाडीलाई पड्काउँदा आवाज किन र कसरी आउँछ ? उनले भन्छन्, ‘पहिलो समीकरणबाट पत्ता लाग्यो कि जब हामी आफ्नो औँला चड्काउछौँ, हाम्रो हड्डीहरूको जोडमा अलग अलग दबाब हुन्छ ।’
‘दोस्रो समीकरणबाट पत्ता लाग्छ कि अलग दबाबबाट फोकाको साइज पनि अलग हुन्छ ।’ ‘तेस्रो समीकरणमा हामीले अलग–अलग साइजवाला फोकालाई, आवाज निकाल्ने फोकाको साइजसँग जोडियो ।’ चन्द्रन सुजाले बताए कि यी सबै समीकरणहरूबाट एक पूरै गणित मोडल बनेको छ । जो औँला चट्काउँदा निस्कने आवाजको बारेमा बताउँछ । चन्द्रन यस समय क्यालिफोर्नियाको स्टेनफोर्ड विश्वविद्यालयमा पोस्टग्रेजुएट गरिरहेका छन् । जब हामी आफ्नो औँला चट्काउँछौँ तब हामी आफ्ना जोडलाई तान्छौँ । र, जब हामी यस्तो गछौँ, दबाब कम हुन्छ । फोका तरलको रूपमा हुन्छ, जसलाई साइनोवियल फ्लूड भनिन्छ । औँला चट्काउने प्रकियामा जोर्नीहरूको दबाब बदलिन्छ । एवं त्यसबाट फोका पनि तिब्रसँग घट्ने बढ्ने हुन्छ । र यसैबाट आवाज उत्पन्न हुन्छ ।
यस मोडलबाट दुई विपरित सिद्धान्तमा एक सम्बन्ध बनेको देखिन्छ । फोका फट्नाले आवाज उत्पन्न हुन्छ । यो कुरा पहिले १९७१ मा आएको थिए । तर ४० बर्षपछि यसलाई नयाँ प्रयोगहरूको चुनौती दिइयो जसमा बताइएको थियो की फोका औँला चट्काएको केही समयपछि पनि तरल बनिरहन्छ । यस अध्ययनलाई साइन्टिफिक रिपोर्ट जनरलमा प्रकाशित गरिएको छ । जसबाट पत्ता लाग्छ की फोका फुट्नाले दबाब पैदा हुन्छ । त्यसबाट तरंग पैदा हुन्छ । जसलाई गणितीय समिकरणबाट सम्झाउन सकिन्छ एवं मापन गर्न सकिन्छ । यसबाट यो पनि पत्ता लाग्छ कि केही मानिसहरू आफ्नो औँला किन चट्काउन सक्दैनन् । यदि तपाईको औँलाको जोर्नीमा धेरै ठाँउ छ भने दबाब त्यति धेरै हुन पाउदैन जुन दबाबले आवाज पैदा हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार