ओ मान्छे ! – वैरागी जेठा

२०७४ आश्विन २ गते, सोमबार

ओ मान्छे !
तँ कस्तो मान्छे हँ ?
जुद्ध सडक चिथर्ने
सुन्धारा पुर्ने
तेरो नैतिकता के हो ?
बस भित्र उस्तै चरित्र
खुल्ला ठाउँमा उस्तै
ओ मान्छे !
तँ कस्तो मान्छे हँ ?
तलाई कुनै कविको माया छ
न कुनै जीवनहरूको
सडका किनारा पनि तलाई
बीच सडकपनि तलाई
खाली जग्गा र
मसान घाट तलाई
पान खान्छस् पिच्च थुक्छस्
अनेकौँ फोहर फ्याँक्छस्
अनि गर्वगर्छस्
मलाई तेरा चरित्रहरू घिन लाग्छ
तेरा व्यवहार खोस्रिन मन छ
आजभोलि
मलाई तँ नै राक्षस्होस्
लाग्न थालेको छ हरेक पाइला
तँ नै भ्रष्टचारी होस्
र्मिमिरे देखि गोधुली सम्म
बाटोको राज गरिरहेकै हुन्छस्
तेरो कमाई कति हो ?
भन मान्छे !

प्रतिक्रियाहरु