“ओहिरो प्रश्नहरुको “- महादीप पोखरेल

२०७१ कार्तिक ३ गते, सोमबार

जनयुद्धका पहिलो पुस्ताका नेताहरुलाई गम्भीर प्रश्न छ–
१)के तपाईंहरुले गरेको बर्गिय मुक्तीको प्रतिबद्धता झुटो थियो?
२)के तपाईहरु बिस्तारबादको पञ्जा बाट मुक्त स्वाधिन नेपाल निर्माण गर्न चाहनुहुन्नथ्यो ?
३)कि तपाईहरुमा आफुमात्र धनी र शक्तिशाली हुने इच्छा पहिल्यै बाट मनमा पालिराख्नु भएको त थिएन ?
४)तब उत्पीडित नेपालीका छोराछोरीलाई किन उन्मुक्तीको आसा र भरोसा जगाउनु भयो?
५)कि तपाईहरु राम्रो गर्छु भन्दाभन्दै गलतमा नउम्कने गरि फस्नुभयो?
आज आएर तपाईहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्ने र पार्टीको ब्यानरमा अलगअलग गुटको पसल चलाउने बाहेक केही गर्न सक्नु भएको छैन।अब तपाईहरुको क्षमा कसरी हुन सक्छ?के सपनाका हत्यारालाई माफ गर्न सकिन्छ?
ए.माओबादीले जनयुद्धका मान्यता र उद्देश्य माथी कुठाराघात गरेको मुल्यांकन गरि उक्त पार्टी बाट बिद्रोह गरि नयाँ पार्टी ड्यास माओबादी निर्माणभएको सर्बबिदित नै छ।उक्त पार्टीका अध्यक्ष ,महासचिव लगायत उपल्ला नेताहरुलाई निम्न प्रश्नहरु छन-

। क) जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा निर्माण गरेको पार्टी पार्टीीठनको दुइ वर्षबितिसक्दा पनि जनयुद्धको जगजस्तै जनकम्युन, स्थानीय जनसरकार, जनअदालत, जनसेना पुनर्निर्माण गर्न सकेको छैन । अनि कुन जगमा उभिएर जनव्रि्रोह गर्नुहुन्छ – वर्गसंर्घष्ाका कार्यक्रम बनाउँदै नबनाउने, सेनाबिनाको कम्युनिस्ट पार्टीघसारिरहने र जनव्रि्रोहको राग पनि नछोड्ने प्रवृत्तिलाई के भन्ने?
ख) ट्रक-ट्रकमा हतियार ल्याएर जनतालाई बाँडिन्छ र जनव्रि्रोह गरिन्छ भनी भाषण ठोक्ने तर मौसमी आन्दोलन भने माथि उठ्न नसक्ने प्रवृत्तिलाई छद्म संशोधनवाद नभनेर के भन्ने ?
ग) दोस्रो संविधानसभा निर्वाचन बहिष्कार र आन्दोलनको क्रममा सुरुमा निर्वाचनद्वारा गरिन्छ, त्यसपछि सक्रिय बहिष्कार र निर्वाचनको एक हप्ता अगाडि त शान्तिपूण् बहिष्कारको नारा नेतृत्व मण्डलीले दिएको हो कि होइन – काठमाडौँमा मुख्य नेतृत्वसहित २०० जनाको पनि बहिष्कार जुलुस किन निस्किएन । नेतृत्वहरुलाई राज्यले जन्मकैद हाल्छ भन्ने डरले आफ्नै डेरामा वा पार्टीार्यालयमा मासुभात खाएर सुतिबसेको इमानदार कार्यकर्ताले देखेका छैनन् र ! बहिष्कारको आन्दोलनमा घाइते भएर मोडल हस्पिटलमा उपचार गराइरहेका क्रान्तिकारीहरुप्रति कुपण्डोल र बुद्धनगरले गरेको उपेक्षा कसले बिर्से छ र – अझ निकृष्ट उदाहरण- एमाओवादी उम्मेदवारहरुलाई हटाउन काँग्रेस र एमालेसँग भएका लेनदेन, कुन राजनैतिक दर्शनले सिकायो, तपाईंहरुलाई – अझै पनि जनयुद्धको जगमा जनव्रि्रोहको राग किन अलापिरहनु भएको छ?
घ) जनवर्गीय संगठन र मोर्चाहरुमा इमानदार क्रान्तिकारी र संगठन निर्माणमा दुःख गर्नेहरुलाई पन्छाएर दलाल, भ्रष्ट, अवसरवादीहरुलाई पृष्ठपोषण गरिन्छ । फ्याक्सनका नाममा संस्थागत, गुटबन्दी र निषेधको व्यवहार गरिन्छ । तपाईंहरुको गलत कामको र्समर्थन नगर्नेलाई अराजक वा गुटबन्दीको आरोप लगाउने गरिन्छ । के यस्तो काम कुनै क्रान्तिकारी पार्टी त्यसको नेतृत्वले गर्छ – आफूलाई अझै क्रान्तिकारी हुँ भनी डंका पिट्नेहरु सबै छद्म संशोधनवादीहरु हुन् । राष्ट्रिय कर्मचारी संगठनको सम्मेलनको दौरानमा भएका घटनाहरु त धेरैलाई थाहा नै होला ।मोर्चा,जन बर्गिय संगठनहरुमा भएको समस्या किन समाधान गर्नुहुन्न?
ङ) क्रान्तिकारी नेता हुन वा कार्यकर्ता तिनको मुख्य काम हो, क्रान्ति गर्ने । उमेर, स्वास्थ्य र अन्य परिस्थितिले साथ दिएन भने विचार जीवित राख्दै र्समर्थक मात्र भएर बस्दा राम्रो किनभने क्रान्ति सफल पार्न विशाल र्समर्थकहरुको पनि भूमिका हुन्छ । क्रान्ति हाँक्न पनि नसक्ने, नेतृत्व पनि नछाड्ने कस्तो प्रवृत्ति हो – क्रान्ति गर्दा भर्खर जोरजाम गरेको सम्पत्ति र सुखसयल गुम्छ भन्ने पनि डर, क्रान्तिकारी भइराख्न भाषण र कुरा पनि गरिहनु पर्ने बाध्यतालाई के भन्ने?

च)ड्यास माओबादीका जिम्मेवार नेताहरु पटकपटक रिपोर्टस क्लबमा गएर उट्पट्याङ कुरा गर्छन ?संबिधानशभा भित्र मात्र होइन कुरा मिले सरकारमै जाने सम्म कुरा हुन्छन त्याहा।पछिल्लोपटक कथित राजनैतिक सभाको मिती तोक्नु अगावै एजेन्डा किन फिक्स गरिएन।कहाँ चुके ड्यासका नेताहरु?मिती निर्धारण अगावै त्यस्को बैधाता र अधिकार क्षेत्रको बारेमा निश्चित हुन पर्दैन्थ्यो?कार्यदलमा रहेका ड्यासका नेताहरुको बचकनापन राम्रै संग देखिएको होइन र?
छ)चितवनको पार्टी कार्यालय बेच्ने र जोगाउन चाहने बिच द्वन्द भयो।क.अनिल कार्यालय जोगाउने र पार्टी भित्रका कमिसनखोरका विरुद्ध उभिदा उनको प्रशंसा हुनुपर्नेमा पार्टी महासचिब द्वारा क.अनिल माथी नै प्रहार भएको छ,के क्रान्तिकारी पार्टी भित्र यस्तै हुन्छ?पार्टी भित्रको अबसरबाद र भ्रष्टाचारको बिरोध गर्न किन पाइन्न?
संम्पुर्ण क्रान्तीकारी कार्यकर्ता र जनसमुदायले उठाएका यी अहंम प्रश्नका जबाफ तपाईहरुले दिनै पर्छअन्यथा राजनैनिक जीवन त्यागेर बस्दा राम्रो ,जनताको बिचबाटै अर्को क्रान्तीकारी पार्टी जन्मनेछ।सबलाई चेतना भया।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु