‘ओली सरकार र संसदीय व्यवस्थाको अन्त्य नभएसम्म राष्ट्रियताको समस्या समाधान हुँदैन ‘

२०७६ कार्तिक २५ गते, सोमबार

काठमाडौँ , २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले बर्तमान ओली सरकार विघटन र संसदीय व्यवस्थाको अन्त्य नभएसम्म राष्ट्रियताको समस्या समाधान नहुने ठोकुवा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेक हुन् । प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउन र देशको रक्षा गर्न देशभक्त, बामपन्थी, क्रान्तिकारी, लोकतान्त्रिक र जनपक्षीय शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको समेत बताएका छन् । प्रवक्ता प्रकाण्डले भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको एक हप्ता बितिसक्दा पनि सरकारले कुनै निर्णय लिन नसकेकोमा सरकारको आलोचना गरेका छन ।
प्रवक्ता प्रकाण्डले देशव्यापीरुपमा भारतीय हस्तक्षेपका विरुद्ध राजनीतिक अभियान लिएर हिडिरहेको आफ्नो पार्टीका नेता चुडामणि ओली ‘आदर्श’सहित १६ जनालाई गिरफ्तार गरेको भन्दै गिरफ्तार गरिएकाहरुलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । जनभेटघाट र राजनीतिक कार्यक्रममा हिडिरहेको बेला आफ्नो पार्टीका नेताकार्यकर्तालाई प्रशासनले गिरफ्तार गरेको भन्दै दमनको बाटोबाट आन्दोलन सिध्याउन सकिन्छ भन्ने भ्रममा सरकार रहेको बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु